सुनुवाइ हुन सकेन रेशम चौधरीविरुद्धको मुद्दा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुन सकेन । मुद्दाको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिए पनि हेर्न नभ्याएकाले सुनुवाइ नभएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा निवेदन दिएकी थिइन्। सो दिन समय अभावका कारण दर्ता नभएको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको रिटमा उत्प्रेषण परमादेश बदरको माग गरिएको छ । उनलाई जिल्ला अदालत कैलाली,उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५२ शाखा अध्यक्षको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

प्रतिकृया दिनुहॊस