फाइल फोटो

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय प्रधानमन्त्री मोदी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीस्थित हैदारावाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डले बिहान साढे १० बजे शान्तिको दुत महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ । राजघाट पुगेर गान्धी प्रति पुस्पगुच्छा अर्पण गर्नेछन् ।

राजघाटबाट फर्केर प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्नेछन् । सो भेटघाटमा दुई देश बिचको आपसी सबन्धका बारेमा छलफल हुनेछ । सो भेटलगत्तै प्रधानमन्त्रीले प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ । सो भेटवार्ता र छलफल पछि दुई देशका बिचमा सम्झौतापत्रमा हस्ताक्षर तथा केही संयुक्त परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुनेछ । सो पत्रकार सम्मेलनमा दुवै देशका प्रधानन्त्रीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।

आजै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले साँझ होटेल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोटो खिच्ने क्रममा चितवनकाे वैकुण्ठ तालमा खसेर गौतमको मृत्यु

काठमाडौं । चितवनको वैकुण्ठ तालमा फोटो खिच्ने क्रममा खसेर एक व्यक्तिले ज्यान गुमाएका छन् । …

प्रतिकृया दिनुहॊस