News desk

सुरक्षा सल्लाहकारमा नियुक्त वैरागीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका पूर्व मुख्यसचिव शंकरदास वैरागीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आजै बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीलाई मन्त्रिस्तरीय सुविधा दिने गरी सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो । वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ गराएका हुन् । वैरागीको कार्यकाल आगामी असोजमा सकिँदै थियो । उनलाई राजीनामा गराएर सरकारले सचिव वैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

पुरा पढ्नुहॊस »

वैकुण्ठ अर्याल बने मुख्यसचिव, वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त

काठमाडौँ । सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको ठाउँमा अर्याललाई ल्याउने निर्णय गरेको हो । उनी शुक्रवारबाट अनिवार्य अवकाशमा जान लागेका थिए । असोजमा अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरेको हो । यस्तै वर्तमान मुख्यसचिव वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको छ । उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरिएको …

पुरा पढ्नुहॊस »

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको आजको सुनुवाइ सकियो, भोलि सवाल-जवाफ

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाइ सकिएको छ । भोलिका लागि अर्को सुनुवाइ तय गर्दै आजको सुनुवाइ सकिएको हो । कार्कीलाई भोलि पनि सुनुवाइका बोलाइएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ विशेष समितिमा भएको सुनुवाइमा कार्कीले गोला प्रणालीबाट न्याय निरूपणमा सहज भएको र अदालतप्रतिको आलोचना घटेको उल्लेख बताएका थिए । गोला प्रणालीबाट पेसी तोक्दा विगतको भन्दा ६० प्रतिशतले अनियमितता घटेको उनको दाबी छ । सर्वोच्च …

पुरा पढ्नुहॊस »

इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्विरोध

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवारको उम्मेदवारी खारेज भएसँगै डाँगी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिले सूर्यप्रसाद अधिकारीको योग्यता नपुगेकाले उम्मेदवारी खारेज गरेको थियो । इप्पानको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुन इप्पानको पदाधिकारीमा एक कार्यकाल काम गरिसकेको हुनुपर्छ । तर, अधिकारी इप्पानको पदाधिकारीमा निर्वाचित भएका थिएनन् । तीन वर्षका लागि वरिष्ठ उपाध्यक्ष बनेका उनी …

पुरा पढ्नुहॊस »

सुनवाइ समितिमा आफ्नो कार्य योजना पेश गर्दै हरिकृष्ण कार्की

काठमाडौँ । संवैधानिक परिषद्बाट प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग संसदीय सुनुवाइ समितिले छलफल सुरु गरेको छ । सिंहदरबारमा जारी छलफलमा कार्कीले आफ्नो कार्य योजना पेश गर्ने गरिरहेका छन् । सो क्रममा उनले आफ्नो नेतृत्वको समितिले दिएको सुझावका आधारमा गोला प्रणाली लागू भएपछि जिल्ला अदालतदेखि सबै तहमा हुने न्यायिक विचलनमा ६० प्रतिशत कमी आएको भनेर आफूले जानकारी पाएको बताए । कार्कीले अटोमेसन प्रणालीमा लैजाने आफ्नो योजना पनि सुनाए । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश …

पुरा पढ्नुहॊस »

ग्रीसमा डुंगा पल्टिँदा ८३ जनाको मृत्यु, सयौं बेपत्ता

एजेन्सी । ग्रीसको तटीय क्षेत्रमा सयौं आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । सोही समयमा दुर्घटना पछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ । मिडिया रिपोर्टका अनुसार घटना बुधबार बिहान भएको हो। उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताए । डुंगामा महिला र बालबालिका पनि …

पुरा पढ्नुहॊस »

भ्याटले प्याजको आयात नहुँदा बजारमा हाहाकार

काठमाडाैँ । भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ । सरकारले आर्थिक वर्ष (आव) २०८०र८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएसँगै अहिले बजारमा यसको अभाव देखिएको छ । भन्सार विभागको अनुसार चालू आवको १० महीनामै ५ अर्ब ७९ करोडको प्याज आयात भएको छ । उक्त अवधिमा १५ करोड ५७ …

पुरा पढ्नुहॊस »

आयल निगमले पाइपलाइन र भण्डारण गृह बनाइँदै

काठमाडौँ । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण हुने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पाइपलाइन र भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनमा भण्डारण गृह निर्माण निगमको लगानीमा हुने छ । हाल निगमसँग एक हप्तालाई मात्र पुग्ने ६८ हजार …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ६२ पैसा र बिक्री दर १४२ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४४ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ आज

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशमा सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ हुँदैछ । सुनुवाइका लागि संसदीय सुनुवाइ समितिले कार्कीलाई बिहान ८ बजे सिंहदरबार आमन्त्रण गरेको छ । लेखा समितिको हलमा कार्कीले प्रधानन्यायाधीश नियुक्त भएपछिका अवधारणा र कार्ययोजना राख्ने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ‘उहाँको पहिला प्रस्तुति रहन्छ । त्यसपछि माननीय ज्यूले प्रश्न राख्नुहुन्छ । सुनुवाइ सकिएपछि निर्णय हुन्छ,’ उनले भने । बिहान ११ बजे प्रतिनिधिसभा बैठक भएकाले बिहीबार नै सुनुवाइ सक्न समयको …

पुरा पढ्नुहॊस »