सुनवाइ समितिमा आफ्नो कार्य योजना पेश गर्दै हरिकृष्ण कार्की

काठमाडौँ । संवैधानिक परिषद्बाट प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग संसदीय सुनुवाइ समितिले छलफल सुरु गरेको छ । सिंहदरबारमा जारी छलफलमा कार्कीले आफ्नो कार्य योजना पेश गर्ने गरिरहेका छन् ।

सो क्रममा उनले आफ्नो नेतृत्वको समितिले दिएको सुझावका आधारमा गोला प्रणाली लागू भएपछि जिल्ला अदालतदेखि सबै तहमा हुने न्यायिक विचलनमा ६० प्रतिशत कमी आएको भनेर आफूले जानकारी पाएको बताए । कार्कीले अटोमेसन प्रणालीमा लैजाने आफ्नो योजना पनि सुनाए ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसमा गरेका कार्कीलाई उनी विरुद्ध परेको उजुरीका बारेमासमेत सोधपुछ गरिनेछ । उनीविरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।

गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री