इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्विरोध

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवारको उम्मेदवारी खारेज भएसँगै डाँगी निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले सूर्यप्रसाद अधिकारीको योग्यता नपुगेकाले उम्मेदवारी खारेज गरेको थियो । इप्पानको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुन इप्पानको पदाधिकारीमा एक कार्यकाल काम गरिसकेको हुनुपर्छ । तर, अधिकारी इप्पानको पदाधिकारीमा निर्वाचित भएका थिएनन् ।

तीन वर्षका लागि वरिष्ठ उपाध्यक्ष बनेका उनी संशोधित विधानअनुसार त्यसपछि स्वतः अध्यक्ष हुनेछन् । अध्यक्षमा पनि गणेश कार्की निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार किरण मल्लको उम्मेदवारी रद्द भएपछि कार्की निर्विरोध निर्वाचित भएका हुन् ।

यो पनि : इप्पान अध्यक्षमा गणेश कार्की निर्विरोध

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस