काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमित नेताहरुको गृहजिल्लामा धेरै बजेट विनियोजन गरिएकोमा आलोचना गर्दै अन्य सांसदहरु कुन मुख लिएर जनता कहाँ जाने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसद केसीले ‘जसको हात जगन्नाथ’ भनेझैँ गरिएको टिप्पणी गरे । प्रधानमन्त्रीको गृहजिल्ला गोरखा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा र अर्थमन्त्रीको गृहजिल्ला नुवाकोटमा धेरै बजेट विनियोजन गरिएको भन्दै भौतिक पूर्वाधार क्षेत्रको बजेट कटौतीको माग …
पुरा पढ्नुहॊस »संसद्मा आले- अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिर्यो
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको बताएर पर्यटनमन्त्री सुदन किरातीप्रति व्यङ्ग्य गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले यस्तो बताएका हुन् । उनले पशुपतिनाथ मन्दिरको अनियमितता छानबिन गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री किराँतीले लुकाएको आरोप लगाए । अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिमा छिरेको उनको जिकिर छ । सांसद आलेले चोरलाई संरक्षण गरेको पनि बताए । …
पुरा पढ्नुहॊस »‘वानएक्स बेट’को प्रचार आरोपमा पक्राउ परेका सबै कलाकार र युट्युबर (सूचीसहित)
काठमाडाैं । अवैध सट्टेबाजी प्लेटफर्म एप ‘वान एक्स बेट’ मा प्रचार गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो । जसमा नेपाली कलाकार ‘बल्छी ध्रुबे’ मरिचमान श्रेष्ठ, राजुमास्टर उर्फ राजु पौडेल, ‘म्याकुरी’ पवन खतिवडा, भटभटे माइला भन्ने बेगम नेपाली, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’, गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) छन् । …
पुरा पढ्नुहॊस »डा. भगवान कोइरालाको अस्पताललाई कृषि विकास बैंकले गर्यो आर्थिक सहयोग
काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुधबार उक्त संस्थालाई सहयोग गरेको हो । बुढानिलकण्ठस्थित संस्था्रको कार्यालयमा आयोजित कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले संस्थाका अध्यक्ष प्रा.डा. भववान कोइरालालाई पाँचलाखको चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा उपमहाप्रधन्धक सुबेदीले पवित्र कार्यको लागि बैंकले सानो सहयोग गर्न पाएकोमा बैंक परिवार गौरवान्वित भएको विचार व्यक्त गरे । …
पुरा पढ्नुहॊस »नवलपुरमा चौधरी ग्रुपको नयाँ रिसोर्ट- गल्फप्रेमीका लागि आकर्षक गन्तब्य बन्ने
काठमाडौं – नवलपुरमा चौधरी ग्रुपले नयाँ रिसोर्ट सञ्चालनमा ल्याएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको हो । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फप्रेमीका लागि आकर्षक गन्तब्य बन्ने हस्पिटालिटीको भनाइ छ । सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीकाअनुसार आध्यात्म, शान्ति र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावित हुनेछ । रिसोर्टमा स्विमिङ पुल, बास्केटबल र …
पुरा पढ्नुहॊस »अधिकारकर्मीहरुको प्रदर्शनमा प्रहरीको धरपकड
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीमाथि प्रहरीले धरपकड गरेको छ । शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरूसहित मूल दोषीलाई कारबाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा आएर नाराबाजी गरेको भन्दै प्रहरीले समाजका पूर्व सभापति कृष्ण पहाडीसहितका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । उनीहरूले सार्वभौम संसद्ले भ्रष्ट नेतालाई कारबाही गरोस्, सार्वभौम …
पुरा पढ्नुहॊस »नबिल बैंकको नयाँ ब्याजदर
काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । रेमिट्यान्स खातामा भने ८.४० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
पुरा पढ्नुहॊस »अनलाइन जुवामा संलग्न भएको भन्दै ‘बल्छी र राजु मास्टर’सहित ८ पक्राउ
काठमाडौं । अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको भन्दै ‘बल्छी र राजु मास्टर’सहित ८ पक्राउ परेका छन् । काठमाडौँ अपराध अनुसन्धान कार्यालयलेको टोलीले ‘बल्छी ध्रुवे’ भनिने मरिमान श्रेष्ठसँगै राजु पौडेललाई पनि पक्राउ गरेको खुलेको हो । पक्राउ परेका अन्य ६ जनाको नाम खुल्न सकेको छैन । काठमाडौँ जिल्ला प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीका अनुसार उनीहरुलाई काठमाडौँको स्वयम्भुलगायत ठाउँबाट पक्राउ गरिएको हो । विश्वका विभिन्न ठाउँमा हुने खेलको अड्कलबाजी गर्ने गरी …
पुरा पढ्नुहॊस »घट्यो सुनको मूल्य, बिहीबार कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । बुधबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको थियो । यस्तै, …
पुरा पढ्नुहॊस »यस्तो छ राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।
पुरा पढ्नुहॊस »