काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको बताएर पर्यटनमन्त्री सुदन किरातीप्रति व्यङ्ग्य गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले यस्तो बताएका हुन् ।
उनले पशुपतिनाथ मन्दिरको अनियमितता छानबिन गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री किराँतीले लुकाएको आरोप लगाए । अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिमा छिरेको उनको जिकिर छ ।
सांसद आलेले चोरलाई संरक्षण गरेको पनि बताए । ‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ । २०७९ माघ १४ मा तार काटियो । छानबिन समिति बन्यो । छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो,’ उनले भने, ‘चोरलाई संरक्षण गरियो । प्रतिवेदन लुकाइयो । बहुमूल्य मूर्ति चोरियो ।’
तपाईंको प्रतिकृया




