news

पुतलीसडकको सेयर मार्केटमा आगलागी

काठमाडौ । काठमाडौंको पुतलीसडकस्थित सेयर मार्केट भवनमा केहिबेर अघि आगलागी भएको छ । चारवटा दमकलकाे सहयाेगले आगो निभाउने प्रयास भइरहेकाे छ । विहान १० बजेतिर भवनको पाँचौं तलामा रहेको एनआइएसी ल्यांग्वेज सेन्टरमा आगलागी भएको काठमाडौं प्रहरीले वताएकाे छ। आगो नियन्त्रण गर्न महानगरपालिका तथा नेपाली सेनाका ४ दमकल पुगेका छन् । अहिलेसम्म कुनै मानवीय क्षतिको जानकारी छैन । भवनमा आगो लागेपछि सो क्षेत्र भएर चल्ने सवारी साधनलार्इ डाइभर्ट गरिएको छ

पुरा पढ्नुहॊस »

एनसीसी बैंकको शाखा जोरपाटीको नारायणटारमा

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले जोरपाटीको नारायणटारमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले  गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आफू पनि यसै क्षेत्रको बासिन्दा भएको र जनप्रतिनिधिहरुबाट समेत सहयोगको अपेक्षा सहित यस क्षेत्रमा स्थापित शाखाको पहिचान बनाउने कुरामा आफू विश्वस्त रहेको बताए ।

पुरा पढ्नुहॊस »

प्रभु बैंकको हकप्रद बिक्री १० दिन थप

काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर बिक्री १० दिनका लागि थप भएको छ । बैंकको सञ्चालक समितिले १० दिनका लागि हकप्रद बिक्रीको म्याद थप गर्ने निर्णय गरेको छ । हकप्रद बिक्री खुला फागुन २३ गतेसम्म हुने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । गत पुस २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिने पाउने छन् । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब …

पुरा पढ्नुहॊस »

गुगल, फेसबुकसहित विश्वभरका १ हजार प्रतिनिधि काठमाडौमा, सुरु भयो एप्रिकट २०१८ राजधानीका पाँच तारे होटल भरिभराउ

 काठमाडौं ।  विश्वभरबाट १ हजारभन्दा बढी प्रतिनिधि सहभागी एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) नेपालमा सुरु भएको छ । एप्रिकोटको २२ बर्षे इतिहासमा सबैभन्दा बढी प्रतिनिधि सहभागी भएको यस समिटको संयोजन इन्टरनेट एक्स्चेन्ज नेपाल (एनपिआइएक्स)ले गरेको छ । सम्मेलनको आयोजना एशिया प्यासिफिक इन्टरनेट एसोसिएसन (एपिआइए) र एशिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपिएनआइसी)ले संयुक्त रुपमा गरेका हुन् । सम्मेलनमा ६५ देशका इन्टरनेटको पृष्ठभूमीमा बसेर काम गर्ने प्रतिनिधिको सहभागीता रहेको एनपिआइएक्सका अध्यक्ष गौरवराज …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले तनहूँ जिल्लाको भानु नरपालिका वडा नं. १०, कालीमाटीमा आफ्नो ७१ औँ र लम्जुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका वडा नंं. ३, सोतीपसलमा ७२ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । तनहूँ जिल्लाको कालीमाटीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भानु नरपालिकाका मेयर उदय राज गौलीले गर्नुभयो र स्थानिय उपेन्द्र बाबु तिवारीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसका साथै लम्जुङ्ग जिल्लाको सोतीपसलमा खोलिएको …

पुरा पढ्नुहॊस »

अभिनेत्री श्रीदेवीको निधन

बलिउड अभिनेत्री श्रीदेवी कपुरको निधन भएको छ । ५४ वर्षिय अभिनेत्री कपुरको शनिबार राती निधन भएको भारतिय संचार माध्यम इन्डियन एक्सप्रेसले जनाएको छ ।  दुबईको एक विवाह समारोहमा भाग लिन गएकी श्रीदेवीको शनिवार दुबईमै निधन भएको थियो । श्रीदेवी  १३ अगस्ट १९६३ मा तामिलनाडुमा जन्मिएकी हुन्। उनले आफ्नो करियर त्यसबेला सुरु गरिन्, जतिबेला उनी चार बर्षकी थिइन् । त्यसबेला उनले तमिल फिल्म गरेकी थिइन् । दक्षिण भारतिय फिल्ममा काम गरेपछि श्रीदेवीले …

पुरा पढ्नुहॊस »

बजेट विना राष्ट्रिय मापदण्डमा १४ किलोमिटर सडक निर्माण

रौतहट । जो कोहीलाई पनि सुन्दा अच्मम लाग्न सक्छ । विना बजेट १४ किलोमिटर सडक निर्माण भयो भनेर । तर रौतहटका ग्रामीण बस्तीहरुमा आफुहरुका खेतबारी हुर्दै राजर्मागसग घर समुदायलाई जोड्न धमाधम सडक निर्माण हुन थालेका छन् । जसको नेतृत्व रौतहटका प्रतिनिधि सभामा निर्वाचित सांसद् तथा माओवादी नेता प्रभु साहले गरेका छन। उनै विकासप्रेमी साहलाई साथ दिएका छन् रौतहतका आम नागरिक स्थानीयले । कटहरिया नगरपालिका हुर्दै महेन्द्र राजर्मागसम्मको सडक निर्माण धर्माधम …

पुरा पढ्नुहॊस »

पेरुमा बस दुर्घटना, ४४ जनाको मृत्यु

एजेन्सी । पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटनाहुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । गुडिरहेको बस झण्डै २०० मिटर तल खोँचमा खसेको थियो । मङ्गलबार राती चाला सहरबाट छुटेको बस स्थानीय समय अनुसार दिउसो झण्डै बुधबार बिहानतिर दुर्घटना भएको हो । बसमा कति यात्रु  चढेका थिए भन्ने बारेमा भने यकिन हुन सकेको छैन ।  

पुरा पढ्नुहॊस »

१७ वटा मन्त्रालय कायम गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले केन्द्रमा मन्त्रालयहरुको संख्या घटाएर १७ वटामा सीमित गरेको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल बन्ने छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यसअघि रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय गरेको वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।   बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललार्इ नियुक्त गर्ने निर्णय पनि गरेको छ । अनलाइनखबर

पुरा पढ्नुहॊस »

सर्वोच्च अदालतद्वारा अंग्रेजीमा इम्बोस्ड नम्बरप्लेट वितरणमा रोक

  काठमाडौं ।  सवारी–साधनमा अंग्रेजीमा इम्बोस्ड नम्बरप्लेट वितरणकार्य तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । पर्यटन व्यवसायी भरत वस्नेतद्धारा परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले इम्बोस्ड नम्बर वितरणमा रोक लगाएको हो । संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख भएको र यातायातसम्बन्धी ऐन–नियममा पनि नेपालीमै नम्बरप्लेट वितरण हुने व्यवस्था रहेको आदेशमा उल्लेख छ ।  इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग गर्नुपर्ने …

पुरा पढ्नुहॊस »
This will auto close after