news

सानिमा क्यापिटलले डीम्याट खाता खोल्दा शुल्क नलिने

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले डीम्याट खाता खोल्दा शुल्क नलिने भएको  छ । सानिमाले डीम्याट खाता खोल्दा लिदै आएको ५० रुपैयाँ शुल्क हटाएको जानकरी दिएको छ । कर्मचारी सञ्चय कोषमा रकम वचत गरेका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरणका कर्मचारी तथा चिलिमे जलविद्युत कम्पनी लिमिटेडका कर्मचारीका लागि यो छुट दिएको सानिमाले बताएको छ । शेयर आवेदनका लागी आवश्यक डिम्याट खाता सानिमा बैंकको देशैभरी रहेका कुनै पनि शाखा कार्यालय तथा सानिमा क्यापिटलबाट सहज रुपमा …

पुरा पढ्नुहॊस »

आजबाट ग्यास उद्योगमा अनुगमन, मापदण्डविपरीतका बन्द हुनसक्ने

काठमाडौं । सरकारले आजबाट ग्यास उद्योगहरुको अनुगमन गर्ने भएको छ । ग्यास उद्योगहरु मापदण्ड पूरा गर्न उदासीन देखिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले शुक्रबारबाट अनुगमन गर्न लागेको हो । विभागले आजबाट ग्यास उद्योगको अनुगमन गर्न लागेको जानकारी दिँदै मापदण्ड मिचेको उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।  ‘गुणस्तर चिहृन नलिने उद्योगमाथि अब कारवाही अघि बढाइनेछ,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने ।   विभागले गत वर्ष कात्तिकमा तीन महिनाभित्र अनिवार्य रुपमा एनएस …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंकको १५.४२ प्रतिशत बोनस पारित

काठमाडौं । नेपाल एसबिआई बैंकको १५.४२ प्रतिशत बोनस र ०.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई बुधबार  कम्पनीको २४औँ वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले बैंकको आ.व. २०७३/७४ को संचालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित गरेको छ ।

पुरा पढ्नुहॊस »

चलचित्र‘स्वर्ग मेरो गाउँ’ को ट्रेलर सार्वजनिक

काठमाडौं । १२ माघबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा रोमान्स, प्रेम र एक्सनका दृश्यहरु समेटिएका छन्।  फिल्मका निर्देशक तथा निर्माता रामकृष्ण बजगाईं हुन् भने चलचित्रमा नरेन खड्का, रामकृष्ण बजगाईं, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतको अभिनय  रहेको  छ।

पुरा पढ्नुहॊस »

प्रभु लाइफ इन्स्योरेन्सको शाखा वीरगंजमा

वीरगंज।  प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो शाखा कार्यालय वीरगंजमा शुभारम्भ गरी कारोबार सुरु गरेको छ । कम्पनीका संचालक सुभाष अमात्यले एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरेका हुन । कार्यक्रममा अमात्यले प्रभु लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे। ‘हामी जीवन बीमा बजारमा केही नयाँ गर्न आएका हौं । जीवन बीमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौ’ उनले भने , अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित …

पुरा पढ्नुहॊस »

सफा दूग्ध उत्पादन तथा विविधिकरण सम्बन्धी ३ दिने तालिम सम्पन्न

बिरगंज । काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ग्राहक सदस्यहरुको सहभागितामा  पर्सा जिल्लाको बिरगंजमा तीन दिने “ग्राहक सदस्यहरुको लागि सफा दुग्ध उत्पादन तथा विविधिकरण तालिम” सम्पन्न भएको छ । उक्त तालिममा पर्सा जिल्लाका परवानीपुर र बिरगंज तथा बारा जिल्लाका प्रसौनी र कलैया शाखाका २५ जना ग्राहक सदस्य तथा अभिभावहरुको सहभागी रहेको थियो । बैंकले आफनो ग्राहक सदस्यहरुको सहभागितामा सफा दुग्ध उत्पादन तथा विविधिकरण तालिम संचालन गरेको …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई नवनिर्मित कर्पोरेट/रजिष्र्टड कार्यालयको समुद्घाटन

काठमाडौं । ग्लोबल आइएमई बैंकको ११औँ वाषिर्कोत्सवको अवसरमा बैंकको नवनिर्मित कर्पोरेट/रजिष्टर्ड कार्यालयकोे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले मंगलबार उद्घाटन गरे । सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको ग्लोबल आइएमई बैंकले स्थापनाको ११ वर्ष मा नै आफ्नौ कर्पोरेट/रजिष्टर्ड कार्यालय स्थापना गर्न सफल भएको हो । कर्पोरेट/रजिष्टर्ड कार्यालय समुद्घाटन समारोहमा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. नेपालले स्थापनाको छोटो समयमा नै आफनै लगानीमा कर्पोरेट/रजिष्टर्ड कार्यालय खोल्न सफल …

पुरा पढ्नुहॊस »

चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने प्रहरी फन्दामा

काठमाडौं ।भाइबर,इमो,हृवाट्सअप लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने गिरोहका तीन जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका –१८ सुखचैनाटोल बस्ने २१ बर्षीय संजयकुमार राम, वीरगञ्ज –२१ ताजपुर बस्ने २१ बर्षकै अफताव आलम र भारतीय नागरिक २२ बर्षीय कमलेश यादव छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत ‘तपाईलाई ठुलो राशीको चिठ्ठा परेको छ । सरकारी राजश्व वापत अगि्रम केही रकम जम्मा गर्नु पर्छ’ भनि मानिसहरुलाई प्रलोभनमा पार्दै आएका थिए …

पुरा पढ्नुहॊस »

रुघाखोकीले हुम्लामा २ जनाको मृत्यु

हुम्ला । हुम्लामा रूघाखाेकी र ज्वराेले २ जनाकाे ज्यान गएकाे छ ।  ताजाकोट गाउँपालिका–५ की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको चिसाेका कारण लागेकाे रुघाखोकी र ज्वरोबाट मृत्यु भएको हाे ।हिमपात र चिसो बढेपछि वृद्धवृद्धा खोकी र घाँटी दुखाइले ग्रस्त भएका छन् ।  

पुरा पढ्नुहॊस »

कक्षा ११र १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं । यस वर्षको कक्षा ११ र १२को वार्षिक परीक्षा आगामी वैशाख १० गतेदेखि जेठ  ३ गतेसम्म   तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले प्रकाशित गरेको सूूचना  अनुसार   वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्मकक्षा १२ को परीक्षा हुनेछ । त्यस्तैगरी   वैशाख २४ गतेदेखि जेठ ३ सम्म कक्षा ११ को परीक्षा हुनेछ।

पुरा पढ्नुहॊस »