news

निर्वाचन विथोल्न खोज्नेहरुमाथि गोली हान्ने सम्मको अधिकार

काठमाडौं । रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्न खोज्नेहरुमाथि गोली हान्ने अधिकार नेपाली सेनालाई दिइएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले  आयोजना गरेको विशेष साक्षात्कारमा   रक्षामन्त्री प्रधानले भने,  “निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्न नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं । सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको छ ।” भन्दै उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न आग्रह गरे । अहिलेसम्म निर्वाचन विरोधी गतिविधि …

पुरा पढ्नुहॊस »

नेपालद्वारा यूएईसामू २२२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत नेपाल र युएईबीच  पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको लक्ष्य पेश गरेको छ । टस हारेर ब्याटिङमा आएको नेपालले यूएइको राजधानी अवुधावीस्थित शेख जायेद रंगशालामा ६ विकेट गुमाई २ सय २१ रन बनायो ।नेपालबाट शरद भेषावकरले सर्वाधिक ८१ रन बनाए । घरेलु टोली युएईले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।  

पुरा पढ्नुहॊस »

नेपाल र युएईबीचको खेल सुरु

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत नेपाल र युएईबीचको पहिलो खेल सुरु भएको छ । खेल युएइको राजधानी अवुधावी स्थित शेख जायेद रंगशालामा हुँदैछ । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले नेपालको ओपनिङ ब्याटिङ गरिरहेका छन् ।

पुरा पढ्नुहॊस »

भोली ४५ जिल्लामा साँझ ७ बजेसम्म सवारी साधान नचल्ने

काठमाडौं ।भोली हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका दिन ४५ जिल्लामा सवारीसाधन भोलि बिहीबार  साँझ ७ बजेसम्म चलाउन रोक लगाइएको छ ।मतदान सकिएपछि साँझ ७ बजेबाट भने सवारीसाधन साबिक रुपमै चल्न पाउने मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै निर्वाचनका लागि उपत्यकाबाहिर जाने मतदातालाई आज राति १२ बजेसम्म गन्तव्यमा पुग्न पनि आग्रह गरेको छ । मतदान हुने दिन सुरक्षा निकायका सवारीसाधन र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारीसाधन भने चल्न पाउनेछन्। अत्यावश्यक सेवामा …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि  सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रमा भोलि बिहीबार मतदान हुँदैछ । दोस्रो चरणको निर्वाचनका लागि एक लाख ५५ हजार कर्मचारी खटिएका छन् । सबै कर्मचारी केन्द्रमा पुगी हिजै देखि परिचयपत्र वितरणको काम शुरु गरिसकेका  छन् यो निर्वाचनले आगामी पाँच वर्षका लागि मुलुकको भविष्य निर्माण गर्ने छ । विहान सात बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानका लागि …

पुरा पढ्नुहॊस »

सिसिटिभी राखेर मतगणना गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मतगणना स्थलमा सकेसम्म सिसिटिभी राख्न सबै जिल्ला निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । प्रत्यक्षतर्फका प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम एक साताभित्रै घोषणा गरिसक्ने लक्ष्य राखेको आयोगले मतगणनामा धाँधली नहोस् भनेर सिसिटिभी राख्न निर्देशन दिएको हो । ‘सकेसम्म मतगणना स्थलमा अप्रिय घटना नहोस् भनेर सिसिटिभी राखेर मतगणना गर्न निर्देशन दिएका छौं,’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंगलबार सञ्चारकर्मीसँग भने, ‘जति सम्भव हुन्छ, सिसिटिभी राखेर मतगणना गर्नेछौं ।’ यादवले …

पुरा पढ्नुहॊस »

ढुक्क भएर मतदान गर्नुस् : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मंसिर २१ गते ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभानिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । डा.अयोधिप्रसाद यादवले  सरकारले सुरक्षाको बलियो प्रबन्ध गरेको भन्दै उनले आममतदाताहरुलाई ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । काठमाडौमा मंगलबार भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै यादवले भने, ‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आम मतदाताका लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ ।’ उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारलाई …

पुरा पढ्नुहॊस »

मौन अवधिमा फेसबुकमा मत मागे पनि कारबाही

काठमाडौं । मौन अवधिमा फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जालबाटसमेत मत माग्न र चुनाव प्रचार गर्न निर्वाचन आयोगले रोक लगाएको छ । त्यसो गरेको भेटिएमा कारबाही हुने आयोगले खटाएका अधिकारीहरुले जानकारी दिएका छन् । बिहीबार हुने मतदानका लागि प्रचार प्रसार कार्य सोमबार मध्यरातबाट सकिएको छ । मौन अवधि भनिने यो समयमा उम्मेदवार र पार्टीहरुले प्रचार प्रसार गर्नै पाउँदैनन् । मौन अवधिमा उम्मेदवार र पार्टीले मात्रै हैन अरुले पनि मत माग्न पाउँदैनन् …

पुरा पढ्नुहॊस »

नबिल बैंकले एकै दिन १० वटा शाखा विस्तार गर्यो

काठमाडौं ।नबिल बैंकले एकै दिन १० वटा शाखा विस्तार गरेको छ । बैंकले विरेन्द्रनगर, टिकापुर, तालचोक बगर, पोखराको अमरसिंहचोक, दाङको लमहि,महोत्तरीको महोत्तरी, चिटवनको टाँडी, सिराहाको लाहान, सर्लाहीको हरिवनमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्ने  छन् ।

पुरा पढ्नुहॊस »

बालबालिकालाई प्रभु बैंकको शैक्षिक सामाग्री

काठमाडाैं ।  प्रभु बैङ्क लिमिटेड कमलबजार अछाम शाखाको प्रथम वार्षिक उत्सवको अवसरमा अछाम जिल्लाको पञ्‍चदेवल विनायक नगरपालिका मा पर्ने श्री विद्या मन्दिर माध्यामिक विद्यालय विनायक ३ अछाममा बौद्विक अपङ्गता भएका बालबालीकाहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण  गरेको  छ। उक्त कार्यक्रममा प्रभु बैङ्कबाट शाखा प्रबन्धक श्री सन्जिव कुमार मण्डल र विद्यालय बाट स.प्राचार्य पहल सिंहले संयुक्त रुपमा विद्यार्थिहरुलाई शैक्षिक सामाग्रि र पोशाक वितरण गरेका   छन्।  उक्त कार्यक्रम बाट लाभान्वित  बालबालिका तथा शिक्षकहरु हर्सित भएका …

पुरा पढ्नुहॊस »