बजेट विना राष्ट्रिय मापदण्डमा १४ किलोमिटर सडक निर्माण

रौतहट । जो कोहीलाई पनि सुन्दा अच्मम लाग्न सक्छ । विना बजेट १४ किलोमिटर सडक निर्माण भयो भनेर । तर रौतहटका ग्रामीण बस्तीहरुमा आफुहरुका खेतबारी हुर्दै राजर्मागसग घर समुदायलाई जोड्न धमाधम सडक निर्माण हुन थालेका छन् । जसको नेतृत्व रौतहटका प्रतिनिधि सभामा निर्वाचित सांसद् तथा माओवादी नेता प्रभु साहले गरेका छन।

उनै विकासप्रेमी साहलाई साथ दिएका छन् रौतहतका आम नागरिक स्थानीयले । कटहरिया नगरपालिका हुर्दै महेन्द्र राजर्मागसम्मको सडक निर्माण धर्माधम सुरु भएको छ । पुरै १४ किलोमिटर नयासडक ट्रयाक मात्र खोलिएको छैन । यस सडकमा कुनै राष्ट्रिय गौरवको आयोजनाको झल्को दिने गरि रातदिन काम सञ्चालन भएको छ ।

सडक खनिएसगै तत्कालै माटो पेलेर ग्राबेल हुर्दै पिच गर्ने तयारी गरिएको छ । निर्माणधिन बाटो राष्ट्रिय सडकको मापदण्ड बमोजिम १४ मिटर चौडाई एक मिटर उचाई गरि निर्माण सुरु भएको छ । साहले निर्वाचनको समयमा मतदातास“ग गरेको प्रतिवद्धा तत्कालै पुरा गरेको देखेर स्थानीय रामसिंह जैसवालले उनलाई बचनको पक्का भएको नेताको रुपमा बुझेका छन ।
सडक साहको निर्देशन र अगुवाईमा आम नागरिकको साथले मात्र सम्भव भएको बताउछन् ।

साहले आफुले योजना मात्र दिएको तर स्थानीयहरु नै सडक सञ्जालसग जोडिदा निकै लाभ लिन सक्ने भएकाले आफ्नो अभियानलाई सहयोग गरेकामा निकै सन्तुष्टि छन । आफुनो क्षेत्रमा विकास गर्न पाउदा“ निकै उत्साहित हुने साह निर्वाचन पछिका धेरै समय आफुनै क्षेत्रमा विताएर प्रत्यक्ष रुपमा विकासमा सहभागी भएको स्थानीय रामदेव साहको भनाई छ । यतिबेला यस सडक निर्माणका लागि दर्जनौ निर्माणका उपकरणहरु प्रयोग भएका छन् ।

यो सडक आसपास पुग्ने जो कोहीलाई पनि लाग्न सक्छ निजगढ भन्दा पश्चिम नेपाली सेनाले बनाएको फास्ट ट्रयाक त होइन ? तर यहा“को काम हेर्दा सेनाको सडक निर्माण भन्दा कुनै कमी छैन । स्काभेटर, ग्रेडर, लोलर, पानी ट्रयाङकर, रोडर, जेसिवी, दु्ई दर्जन ट्रयाक्टर प्रयोग गरिएका छन् । यो काम झट् हेर्दा लाग्दा यहा कुनै अरबौंको ठेक्का प्लान त भएको होइन । काम यति धेरै भएको भएपनि यह“ नत बजेट नै छ न त सरकारीलगानी नै । यो काम सबै सम्भव हुनुमा नेतृत्व प्रतिको स्थानीयमा विश्वास नै भएको स्थानीय शिक्षक हरिष मिश्रब ताउछन् । स्थानीयको आफनै सहयोगमा खर्च जुटाएर काम सञ्चालन भएको छ । महिनैदेखि स्थानीय आफ्नै क्षेत्रको विकासमा लागेका छन् । सडकको ८० प्रतिशत काम सम्पन्न भैसकेको छ । नेतृत्वको विश्वास विकासप्रति स्थानीय सयौं नागरिकको सहभागिताले अन्य क्ष्ँेत्रले पनि सिक्नु पर्ने समय आएको छ ।

मुलुकमा निर्वाचनका समयमा मतदातालाई प्रभावमा पार्न विकासे काम केही स्थानमा थालिने भएपनि रौतहटमा पूर्वमन्त्री समेत रहेका साहले निर्वाचन पछि जनताको सहयोगमा काम सुरु गरेर चमत्कारै गरेको स्थानीयको भनाइ छ । स्थानीयहरु विगतका निर्वाचन पछि विजयी सांसदलाई देख्नै नपाइने गरेपनि अहिलेका नेता साह भने पुरै समय जनताको साथमा रहि प्रत्यक्ष काममा लागेको देख्दा आफुहरुको मत सहि स्थानमा प्रयोग भएकोमा विश्वास लिएका छन् ।

यता मुलुकमा अरबौं रुपैया बराबराका सडक निर्माण कार्य अलफल परेका छन् । राज्यको सम्पूर्ण शक्ति र स्रोत प्रयोग गर्दा समेत समयमै निर्माण हुन नसकेको आम नागरिकले देख्नु र भोग्नु परेको छ ।

तर रौतहतका ३ नम्बर क्षेत्रमा भने नेतृत्वको सहि निर्देशन र आम जनताको सहयोगमा विकासले राष्ट्रिय रुपमै भड्को मार्न थालेको हो । प्रािवधकहरुले भने यतिको बाटो निर्माण गर्न भौगोलिक अवस्था, स्रोत साधनको स्थिति हेरी करिव ५ करोड भन्दा बढि खर्च लाग्ने बताउ“छन । प्राविधिकले सरकारी स्तरबाट काम हुदा यसको मुल्य अर्झै बढि हुने भन्दै समयमा समेत हुन नसकेको बताए ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् …

प्रतिकृया दिनुहॊस