काठमाडौं । यामाहाको आधिकारिक विक्रेता रिसिक अटोमोबाइल्स प्रालिले नयाँ वर्ष २०७५ को अवसरमा ललितपुरको जावलाखेलमा यामाहा मिनी मेला आयोजना गरेको छ ।
चैत्र २१ गतेदेखि चारदिनसम्म चल्ने मिनी मेलामा यामाहाका सबै मोडेलका मोटरसाइकल तथा स्कुटरहरु खरिदका लागि उपलब्ध हुनुका साथै ‘एट दी स्पट’ फाइनान्सको व्यवस्था रहेको छ ।
मेलामा कुनै पनि ब्रान्डको मोटरसाइकल र स्कुटरको एक्सचेन्जमा न्युनतम २५ हजार रुपैयाँ न्युनतम मूल्यांकन पाउनुहुनेछ ।यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले निःशुल्क हेल्मेट, ब्याग, बाइक कभर, रेनकोट र लेगगार्ड वा फुट म्याट पाउनेछ ।
यामाहाले चैतको पहिलो साता आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनुहुनेछ जसमा उनले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनुहुनेछ ।




