च्याम्पियन्स लिगमा रोनाल्डोले गरे उत्कृष्ट गोल

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगकै उत्कृष्ट मध्येका एक गोल गरेका छन् । उनको बाइसाइकल किक गोलसँगै रियल मड्रिडले क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्टसमाथि ३-० को सहज जित निकालेको छ ।

युभेन्टसको घरेलु मैदान ट्युरिनमा खेलमा रियलले तेस्रो मिनेटमा नै रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा युभेन्टसले बराबरी गोल गर्ने अवसर खेल फाल्यो ।

 

६४ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गरे । इस्कोको पासमा उनले बाइसाइकल किक गोल गरे । यो च्याम्पियन्स लिगकै उत्कृष्ट गोल मध्येको एक मानिएको छ ।

लगतै युभेन्टस १० खेलाडीमाम सिमित भयो । उसका डिबालाले रातो कार्ड पाएका थिए । खेलको ७२ औं मिनेटमा मार्सेलाले गोल गर्दै रियललाई ३-० को जित दिलाए ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस