news

माओवादी केन्द्रले फिर्ता लियो सरकारको समर्थन

काठमाडौं । आज नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । संसद सचिवालयका सचिव गोपालनाथ योगीलाइ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पत्र बुझाएका छन् । माओवादीले समर्थन फिर्ता लिएसँगै अब सरकार अल्पमतमा परेको छ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् । संसद विघटन …

पुरा पढ्नुहॊस »

चर्चित भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिडबाट निधन

एजेन्सी । भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड १९ सङ्क्रमणबाट निधन भएको छ । आजतकमा आबद्ध रहेका पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । भारतीय टिभी पत्रकारले सरदानालाई हृदयघात भएको ट्विट मार्फत बताएका छन्। उनले आफ्नो परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका थिए । तथापि सीटी स्क्यानबाट उनको फोक्सोमा भने कोभिड १९ले क्षति गरेको पाइएको थियो ।

पुरा पढ्नुहॊस »

कोभिडका विषयमा धारणा राख्न देउवाले पत्रकार सम्मेलन गर्दै

काठमाडाै । कोभिड– १९ को दोस्राे चरणको बढ्दो संक्रमण र सरकारको भूमिकाका विषयमा आफ्ना धारणा राख्न कांग्रेसले पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । सभापति शेरबहादुर देउवाले पत्रकारहरूलाई आज दिउँसो तीन बजे आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका छन् । पत्रकार सम्मेलनमा सभापति देउवाले कोभिड– १९ को नयाँ भेरियन्टसहितको संक्रमण, निषेधाज्ञा र सरकारको भूमिकाका विषयमा धारणा राख्ने कार्यक्रममा मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाण्डाै । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । हिजो बिहीवार सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो । शुक्रबार चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको …

पुरा पढ्नुहॊस »

खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण

काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । चार दिन पहिले थापाकी छोरीलाई संक्रमण पुष्टि भएपछि उनले बिहीबार स्वाब परीक्षण गरेका थिए । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेकाे छ भने उनी निवासमा नै रहेका छन् ।  

पुरा पढ्नुहॊस »

डा.बाबुराम भट्टराईको ट्युमरको शल्यक्रिया सफल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया सफल भएको छ । भट्टराई पत्नी हिसिला यमीले सामाजिक संजालमार्फत भट्टराइको शल्यक्रिया सफल भएको वताएकी छिन् । वीर अस्पतालमा डा.सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराइको शल्यक्रिया गरेको हो ।  

पुरा पढ्नुहॊस »

कोरोना संक्रमितले बेड भरिभराउ भएपछि पाटन अस्पतालले ८० बेड थप्यो

‍ललितपुर । ललितपुरस्थित पाटन अस्पतालले कोरोना संक्रमितका लागि छुट्याएको बेड भरिएका कारण थप ८० बेड विस्तार गरेको छ। योसँगै अब पाटन अस्पतालमा कोरोना उपचारका लागि बेड संख्या २ सय ६० वटा पुगेको छ। तर संक्रमणदर उच्च भएकाले थप गरिएको बेड पनि केही दिनमै भरिन सक्ने अस्पतालले जनाएको छ। ८० बेड थप गरिए पनि त्यसमा आइसियू र भेन्टिलेटर भने छैन ।  

पुरा पढ्नुहॊस »

कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु, ४ हजार ९ सय २८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ९७ पीसीआर परीक्षणमा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९ सय २८ जना संक्रमित भेटिएका हुन् । कोरोना भाइरस संक्रमणबाट आज ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु …

पुरा पढ्नुहॊस »

वीरगञ्जमा २ जना कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सर्लाहीका ४३ वर्षीय पुरुष र बाराकी ३० वर्षीया महिलाको मृत्यु भएको छ । धनकौल गाउँपालिका–४ बस्ने ४३ वर्षीय पुरुषलाई मंगलबार मात्रै नारायणी अस्पतालमा ल्याइएको थियो । एन्टिजिन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । गएराति १ बजेर ४० मिनेटमा उनको मृत्यु भएको अस्पतालले वताएकाे छ । दुई दिन अघि नारायणी अस्पतालमा भर्ना भएकी बाराको सुवर्ण गाउँपालिका– ७ …

पुरा पढ्नुहॊस »

ग्लोवल आइएमई बैंकको नाफा ३२ प्रतिशतले बढ्यो

काठमाडौं । ग्लोवल आइएमई बैंकको चालु आवको तेस्रो त्रैमासमा नाफा ३२ प्रतिशतले वृद्धि गरेको छ । गएकाे वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७० करोड ६२ लाख रुपैयाँ नाफा कमाएकोमा बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । याे समयमा बैंकले निक्षेपमा पनि निक्षेप पनि वृद्धि गरेको छ । बैंकले गत आवको समीक्षा अवधिमा २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ …

पुरा पढ्नुहॊस »
This will auto close after