वीरगञ्जमा २ जना कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सर्लाहीका ४३ वर्षीय पुरुष र बाराकी ३० वर्षीया महिलाको मृत्यु भएको छ । धनकौल गाउँपालिका–४ बस्ने ४३ वर्षीय पुरुषलाई मंगलबार मात्रै नारायणी अस्पतालमा ल्याइएको थियो । एन्टिजिन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । गएराति १ बजेर ४० मिनेटमा उनको मृत्यु भएको अस्पतालले वताएकाे छ ।

दुई दिन अघि नारायणी अस्पतालमा भर्ना भएकी बाराको सुवर्ण गाउँपालिका– ७ की ३० वर्षीया महिलाको गएराति सवा १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । बैशाख १३ गते पीसीआर परीक्षण गर्दा  कोरोना संक्रमण पुष्टि भएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस