news

नेपालमा थप २७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुग्यो

काठमाडौं । नेपालमा आज थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप २७९  जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ३ सय ६४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १५ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ६७४ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख ४५ हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म संक्रमितको संख्या २० लाख ४५ हजार ७ सय १५  जना छन्  भने १ लाख  १४ ह्जार १ सय ५१  जनाको मृत्यु भएको छ । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९३ जनाको मृत्यु भएको छ भने १९ हजार ५६ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा …

पुरा पढ्नुहॊस »

कालीकोटमा टिपर दुर्घटना,दुई जनाको मृत्यु, ६ जना बेपत्ता

सुर्खेत । कालीकोटमा बुधबार बिहान  टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । कालीकोटको नरहरीनाथ गाउँपालिका-१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर   कर्णाली नदीमा खसेको थियो ।

पुरा पढ्नुहॊस »

इन्भेष्टमेन्ट बैंकले २ अर्ब १० करोडको मुद्दा जित्यो

काठमाडौं । इन्भेष्टमेन्ट बैंकले २ अर्ब १० करोडको मुद्दा मुद्दा जितेको छ । बैंकले इटालीको अदालतमा परेको २ अर्ब १० करोड रुपैयाँ बराबरको  हो । तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीलाई दिइएको काउन्टर बैंक ग्यारेन्टी विवादमा इन्भेष्टमेन्ट बैंककाे उक्त रकम फसेको थियो । ‘इटालीको अदालतले बैंकको पक्षमा फैसला गरेको छ । बैंकले पहिले मुद्दा हारेको थियो । पछि पुनरावेदन गरेपछि मुद्दा जितेको हो ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको पाचौं विशेष साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको पाचौं विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा जेठ २७ गते बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुम मार्फत बैंकले पाचांै विशेष साधारण सभा संचालन गरेको हो । सञ्चालक समितिको तर्फबाट अध्यक्ष …

पुरा पढ्नुहॊस »

आगामी तिन दिनको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौं । अहिले नेपालमा  स्थानीय वायु, पश्चिमी  वायु र बंगालको खाडिमा रहेको निम्न चापिय प्रणालीको प्रभाव  रहेको छ । देशको  बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश नं ५ का सबै भू-भागहरु लगायत प्रदेश १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडि भु-भागहरुमा  र प्रदेश २ का पश्चिम तिरका भु-भागहरुमा सामान्य बदली रहेको छ भने  बांकी  भु-भागहरुमा आंशिक बदली रहेको छ। प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ। आगामी तिन दिनको मौसम पूर्वानुमान जेठ २८ गते (बुधबार) दिउँसोः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं …

पुरा पढ्नुहॊस »

‘लिपुलेक र छाङरुमा बीओपीको संरचना निर्माण छिट्टै’

काठमाडौँ ।गृहमन्त्री रामबहादुर थापाले भारतसँग सीमा जोडिएका लिपुलेक र छाङरुमा छिट्टै सशस्त्र प्रहरीका लागि भौतिक संरचना निर्माण हुने बताएका छन् । उनले कालापानीलगायत अतिक्रमित भूमि फिर्ता ल्याउन पहल भइरहेको पनि दाबी गरे । गृह मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट र कार्यक्रम बारेको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै मन्त्री थापाले दक्षिणी सीमामा ५ सय बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) राख्ने तयारी रहेको जानकारी दिए । पहिलो चरणमा …

पुरा पढ्नुहॊस »

आइसोलेसनबाट संक्रमित भागे, क्वारेन्टाइनमा सर्पले टोक्यो

बाँके।   बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन्। क्वारेन्टाइनमा एक जनालाई सर्पले टोकेको छ। जानकी गाउँपालिका-२ जोगागाउँको श्रीमाध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार बिहानै शौचालय जाने बाहानामा ३५ वर्षीय संक्रमित भागेका हुन्। जानकीको आइसोलेसनमा राखिए पनि उनको घर भने नेपालगन्ज उपमहानगरपालिका-१२ हो। आइसोलेसनमा कार्यरत जनस्वास्थ्य निरीक्षक श्यामलाल बेल्वासेका अनुसार शौचालय जाने बाहानामा संक्रमित भागेका थिए। आइसोलेसनको पूर्वमा ठूलो फलामे ढोका र पश्चिम र उत्तरमा भवन बनाइएको छ। निर्माणाधीन भवनको …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस : विश्वभर संक्रमितको सख्या ७३ लाख नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार  ६ सय २७  जना पुगेको छ भने ७३ लाख १६  हजार ९ सय ४४  जना सङ्क्रमित रहेका छन् । त्यसैगरि ३६ लाख २ हजार ५ सय २  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,ब्राजिल र इटली छ । अमेरिकामा हालसम्म १ लाख १४ …

पुरा पढ्नुहॊस »

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा हालसम्म  १५ औं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक चितवन भरतपुर नगरपालिका-११ का एक पुरुष रहेका छन् । योसगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५  पुगेको छ भने हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४ हजार  ८५  जना पुगेको छ । त्यसैगरि, कोरोना संक्रमितमध्ये   ५८४  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »
This will auto close after