ग्लोवल आइएमई बैंकको नाफा ३२ प्रतिशतले बढ्यो

काठमाडौं । ग्लोवल आइएमई बैंकको चालु आवको तेस्रो त्रैमासमा नाफा ३२ प्रतिशतले वृद्धि गरेको छ । गएकाे वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७० करोड ६२ लाख रुपैयाँ नाफा कमाएकोमा बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

याे समयमा बैंकले निक्षेपमा पनि निक्षेप पनि वृद्धि गरेको छ । बैंकले गत आवको समीक्षा अवधिमा २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा चालु आवको सोही अवधिमा बैंकले २ खर्ब ४४ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

त्यस्तै कर्जा प्रवाहतर्फ बैंकले वृद्धि गरेको छ । गत आवको समीक्षा अवधिमा १ खर्ब ९० अर्ब ३३ करोड कर्जाा प्रवाह गरेको बैंकले चालु आवको सोही अवधिमा २ खर्ब २२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ब्याजकाे आम्दानी पनि बढाएको छ । बैंकले गत आवको समीक्षा अवधिमा ६ अर्ब ३३ लाख ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिसम्ममा ब्याज आम्दानी बढाएर ६ अर्ब ८७ करोड पुर्याएको छ । बै‌‌ककाे सञ्चालन आम्दानी ८ अर्ब ६४ करोड रूपैयाँ छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप