काठमाण्डाै । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
हिजो बिहीवार सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो । शुक्रबार चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाकाे १२ सय ९५ रुपैयाँ छ । गएको आइतवार चाँदीकाे भाउ तोलामा १३ सय १० रुपैयाँ थियाे।
तपाईंको प्रतिकृया



