कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु, ४ हजार ९ सय २८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ९७ पीसीआर परीक्षणमा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९ सय २८ जना संक्रमित भेटिएका हुन् ।

कोरोना भाइरस संक्रमणबाट आज ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।‍ पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८ सय ८८ रहेको छ ।

अहिले नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३४ हजार १स सय १७ पुगेको छ । जसमध्ये होम आइसोलेसनमा ३० हजार ९ सय १६ र संस्थागत आइसोलेसनमा तीन हजार २ सय १ जना रहेका छन् । हाल सक्रिय संक्रमितमध्ये आइसियूमा ३ सय ३७ र भेन्टिलेटरमा १ सय ७ जनाले उपचार गरनइरहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस