news

सिटिजन्स बैंकको पौने २ करोड कित्ता सेयर सूचीकृत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको १ करोड ८४ लाख ५० हजार ३८२ कित्ता सेयर सूचीकृत भएको छ । बैंकको चुक्ता मूल्य एक सय रुपैयाँ दरको सो मात्राको सेयर सूचीकृत भएको हो । नेप्सेले साविक तिनाउ मिसन डेभलमेन्ट बैंक प्राप्ति पश्चात सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले १ बराबर ०.९६ को अनुपातमा तिनाउ मिसनलाई प्राप्ती गरेको थियो ।

पुरा पढ्नुहॊस »

सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्ने

काठमाडाै । असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यबस्था अनुसार आज सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याउने भएका छन्। नेकपा एमाले नेतृत्वका ३, माओवादी केन्द्रका २ र कांग्रेस र जसपा नेतृत्वका एक एक प्रदेश सरकारले मंगलवार बजेटको तयारी गरेका छन् । सरकार फेरबदलका कारण नीति तथा कार्यक्रम ल्याउन ढिला गरेको गण्डकी प्रदेश सरकारले अपरान्ह ४ बजे बजेट पेश गर्दैछ । प्रदेश प्रमुख सीता पौडेलले सोमवार …

पुरा पढ्नुहॊस »

गएकाे २४ घन्टामा ३ हजार ३८४ संक्रमित थपिए, ६१ काे मृत्यु

गएकाे पछिल्लो २४ घन्टामा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ४९४ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पाइएको हाे । यससँगै हालसम्म मुलुकभर ६ लाख २६ हजार ५३५ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये हालसम्म ५ लाख २७ हजार १११ जना संक्रमित निको भइसकेका छन् । आज ६ हजार २९५ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ भने ६१ संक्रमितको मृत्यु भएको छ …

पुरा पढ्नुहॊस »

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आज शनिवार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएकाे छ । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए भने नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश …

पुरा पढ्नुहॊस »

गण्डकीका मुख्यमन्त्री पदमुक्त

काठमाडाै ।  प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न नसकेका कारण गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वतः पदमुक्त भएका छन् । मुख्यमन्त्री गुरुङले आज बिहीवार प्रदेश सभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा २७ मत मात्रै परेकाले उनी पदमुक्त भएका हुन् । दोस्रो पटककाे कार्यकालका लागि मुख्यमन्त्री बन्नका लागि उनलाई प्रदेशसभामा कायम कूल ६० सांसदको बहुमत वा ३१ मत आवश्यक थियो । जम्मा ५८ जना सांसद उपस्थित प्रदेश सभाको बैठकमा ५७ …

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंकद्वारा बार्षिकोत्सवको अवसरमा कोभिडविरुद्ध ७० लाख बराबरको सहयोग

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफनो २७ औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको इजाजत प्राप्त यस बैंकले २०५१ साल जेष्ठ २३ गतेदेखि आफ्नो बैकिङ्ग कारोबार शुभारम्भ गरेको थियो । नेपाल बङ्गलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो । आफ्नो वार्षिकोत्सवको अवसर पारेर बैंकले हाल नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल …

पुरा पढ्नुहॊस »

६ हजार ८० संक्रमणमुक्त, ४ हजार ४ सय ८७ लाई कोरोना

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नेपालमा ५ लाख ५३ हजार ४ सय २२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ४ हजार ३११ जनामा पोजेटिभ देखिएको हो। १७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा १४ हजार ७५२ जनाको नमूना परीक्षण गरिएको हो। मन्त्रालयका अनुसार ६ हजार …

पुरा पढ्नुहॊस »

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो वताएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशतका दरले हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले उल्लेख गरे ।

पुरा पढ्नुहॊस »

सरकारद्वारा होटेल र चलचित्र उद्योगलाई विद्युतको डिमान्ड शुल्कमा छुट

सरकारले होटेल र चलचित्र उद्योगलाई विद्युतको डिमान्ड शुल्कमा छुट दिने वताएकाे छ। निषेधाज्ञा अवधिभरको डिमान्ड शुल्क छुट दिइने गरी आगामी आवको बजेटमा समेटिएको हो। सरकारले गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्न मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट गर्ने व्यवस्था गरेको छ।  

पुरा पढ्नुहॊस »

बढ्यो बृद्धभत्ता, मासिक ४ हजार पुग्यो

काठमाडाै । सरकारले सामाजिक सुरक्षामा ३३ प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी वृद्धभत्ता ४ हजार पुर्‍याएको वताएका हुन् । अहिले जेष्ठ नागरिकहरूले मासिक ३ हजार भत्ता पाउँदै आएका थिए ।

पुरा पढ्नुहॊस »
This will auto close after