news

धनाढ्यको सूचीमा शेष घले ८१ औं नम्बरमा

काठमाडौं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष धनाढ्य सूचीमा १०१ औं स्थानमा रहेका घले दम्पती यस वर्ष २० औं स्थान माथि उक्लिदै ८१ औं स्थानमा पर्न सफल भएका हुन्। अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने  ‘फाइनान्सियल रिभ्यु म्यागेजिन’ले सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८१ औं स्थानमा पर्न सफल  …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंककोे शाखा बुढानिलकण्ठमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बुढानिलकण्ठको मण्डिखटारमा शाखा स्थापना गरेको छ ।बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उक्त शाखा उद्घाटन गरेका छन् ।  बैंकले कपन क्षेत्रमा एक्सटेन्सन् काउन्टर पनि सुचारु गरेको छ । बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा बसोवास गर्ने ग्राहकलाई सेवा पुर्याउने उद्देश्य बैंकले राखेको छ ।  बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्सटेन्सन काउन्टर साथै …

पुरा पढ्नुहॊस »

कलकीको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने

काठमाडौं । कलकीको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ ।पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ हो ।चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो ।असार दोस्रो सातासम्म कलङ्की–बाफल भागको ४०० मिटर ‘फिनिसिङ’ को काम सकेर हस्तान्तरणको तयारी भएको छ । यो संगै कोटेश्वर–बल्खुपुल–कलङ्की १० दशमलव चार किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । नौ किमिको …

पुरा पढ्नुहॊस »

गर्मीमा स्किनको सुरक्षा गर्ने तरिका

सरसफाइ अनिवार्य छालालाई सुन्दर राख्न र रोगमुक्त बनाउन दिनको दुईपल्ट सफा गर्नु  पर्छ । घामबाट जोगाउ घामबाट जोगाउन सनस्क्रिनको प्रयोग गर्नुपर्छ  । यो हावापानीका लागि ३० एसपीएफ भएको सनस्क्रीन राम्रो हुन्छ । घरबाहिर निस्किनु २० देखि ३० मिनेटअघि सनस्क्रिन लगाउनुपर्छ । पोषणयुक्त खाना गर्मीमा पानी धेरै खानुपर्छ । पोषणयुक्त खानेकुरा पनि सौन्दर्यका लागि चाहिने कुरा हो । छालालाई हाइड्रेड राख्नका लागि करेला, काँक्रो,  पालक, तरबुजा,जस्ता खानेकुरा खानुपर्छ । स्क्रबको प्रयोग छालालाई रुखो …

पुरा पढ्नुहॊस »

गोरेको बयान दोस्रो दिन पनि जारी

मोरङ ।  चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उपे्रतीको विराटनगरस्थित मोरङ जिल्ला अदालतमा दोश्रो दिन पनि बयान शुरु गरिएको छ । जिल्ला न्यायाधिस नारायण प्रसाद शर्माको इजलाशमा उनको बुधवारदेखि बयान शुरु गरिएकोमा बयान नसकिएपछि बिहीवार पनि बयान शुरु भएको मोरङ जिल्ला अदालतले जनाएको छ।उनलाई कडा सुरक्षाबीच अदालतमा ल्याइएको छ ।

पुरा पढ्नुहॊस »

एशियन लाईफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंक्यासुरेन्स सम्झौता

काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच बैंक्यासुरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकका शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । अब एशियन …

पुरा पढ्नुहॊस »

दुईपटक जन्मेकी एक बालिका

अमेरिका । अमेरिकाको टे क्सासमा  एक बालिका दुईपटक ‘जन्मिएकी’  छन् । मार्गरेट हकिन्स बोमरकी छोरी लिनली होप दुईपटक जन्मिएकी हुन् ।आमाको गर्भमा १६ हप्ताको भएका बेला लिनलीको मेरुदण्डमा ट्युमर देखिएको थियो । यसले गर्दा उनको मुटुमा समस्या पर्ने देखिएको थियो । चिकित्सकले लिनलीको मेरुदण्डमा रहेको ट्युमर शल्यक्रियाबाट हटाउने निर्णय गरे । त्यसका लागि उनलाई आमा मार्गरेटको पाठेघरबाट २० मिनेटका लागि बाहिर निकालियो । ट्युमर फालिसकेपछि लिनलीलाई फेरी आमाको पाठेघरमा राखिएको थियो । ट्युमर हटाउनका लागि आमाको …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेण्ट बैंक र आइएफसीबीच कर्जा सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि. र विश्व बैंक समूहअन्तर्गतको ईन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बीच कर्जा सम्झौता भएको छ । सम्झौतापत्रमा इन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र आइएफसीकातर्फबाट आवाशीय प्रतिनिधी एमरेहान रशिदले हस्ताक्षर गरेका छन् । सम्झौतापछि नेपाल इन्भेष्टमेण्ट बैंकले आइएफसीसँग कर्जा लिन पाउने छ । अन्तराष्ट्रिय कम्पनीसँग कर्जा लिन नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने प्रावधान छ । सम्झौतापछि देशमा अहिले देखिएको आर्थिक तरलता केही हदसम्म …

पुरा पढ्नुहॊस »

आईपीएलः क्वालिफायर-२ मा पुग्यो कोलकाता

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को एलिमिनेटर राउन्डमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई २५ रनले हराएको छ । यो जितसँगै कोलकाता क्वालिफायर-२ मा पुग्न सफल भएको छ । अब कोलकाताले शुक्रबार सनराइजर्स हैदरावादसँग फाइनलमा पुग्नका लागि प्रतिस्पर्धा गर्ने छ । १७० रनको विजय लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४४ रनमात्र बनाउन सक्यो । सन्जु स्यामसनले सर्वाधिक ५० रन बनाए । यसअघि इडन गार्डेनमा टस हारेर ब्याटिङ गरेको …

पुरा पढ्नुहॊस »

वित्तिय साक्षरता कार्यक्रम सम्पन्न, विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप रु ७५,०००।

काठमाडौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।बैंकका बाँसगढी शाखाले बाँसगढी नगरपालिका वडा नं २ राझाँ, बर्दियास्थित नव दुर्गा तरकारी तथा बिउ उत्पादन बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आयोजित वित्तिय साक्षरता कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बाँसगढी शाखाका प्रबन्धक दिपेन्द्र बोहराले सहभागीहरुलाई वित्तिय साक्षरता सम्बन्धी जानकारी गराएका थिए । त्यस्तैगरी बैंकको मंगलसेन …

पुरा पढ्नुहॊस »