दुईपटक जन्मेकी एक बालिका

अमेरिका । अमेरिकाको टे क्सासमा  एक बालिका दुईपटक ‘जन्मिएकी’  छन् । मार्गरेट हकिन्स बोमरकी छोरी लिनली होप दुईपटक जन्मिएकी हुन् ।आमाको गर्भमा १६ हप्ताको भएका बेला लिनलीको मेरुदण्डमा ट्युमर देखिएको थियो । यसले गर्दा उनको मुटुमा समस्या पर्ने देखिएको थियो । चिकित्सकले लिनलीको मेरुदण्डमा रहेको ट्युमर शल्यक्रियाबाट हटाउने निर्णय गरे । त्यसका लागि उनलाई आमा मार्गरेटको पाठेघरबाट २० मिनेटका लागि बाहिर निकालियो ।

ट्युमर फालिसकेपछि लिनलीलाई फेरी आमाको पाठेघरमा राखिएको थियो । ट्युमर हटाउनका लागि आमाको पाठेघरबाट निकाल्दा लिनलीको तौल ० दशमलव ५३ किलो थियो ।

टेक्सास फेटल सेन्टरका डाक्टरले जोखिमपूर्ण शल्यक्रिया गरेर लिनलीको जीवन जोगाएका हुन् । शल्यक्रियाका बेला लिनली र उनको मेरुदण्डमा रहेको ट्युमरको आकार लगभग उस्तै थियो । डाक्टरले उनको जीवित रहने सम्भावना ५० प्रतिशत मात्रै रहेको बताएका थिए । १६ औं हप्तामा ट्युमर रहेको पत्ता लागेको थियो । तर शल्यक्रिया भने २३ औं हप्तामा भको हो ।

ट्युमरले लिनलीको मुटुमा असर गर्ने देखिएपछि आफूले जोखिपूर्ण शल्यक्रिया गरेर लिनलीको जीवन जोगाउने निर्णय गरेको आमा मार्गरेटले बताएका छन् । शल्यक्रियाको क्रममा लिनलीको मुटुलाई वस्तुतः रोकिएको तर मुटु विशेषज्ञले उनलाई जीवित नै राखेको शल्यक्रियामा संलग्न डा. डार्रेल कासले बताए।

२० मिनेटको शल्यक्रियाको क्रममा लिनलीको अधिकांश ट्युमर हटाएर उनलाई आमाको पाठेघरमा राखिएको थियो । त्यसपछि १२ हप्तासम्म लिनलीलाई गर्भमा लिएर आमा मार्गरेट पूर्णतः बेडरेस्टमा बसिन । लिनली गएको जुन ६ मा दोस्रो पटक जन्मिइन् ।

लिनली ८ दिनको हुँदा उनको मेरुदण्डमा रहेको बाँकी ट्युमर शल्यक्रियाबाट हटाइयो । लिनली अहिले घरमा रहेको र उनी पूर्ण स्वस्थ रहेको डा. कासले बताए । यस किसिमको ट्युमर ३० हजारदेखि ७० हजार जीवित जन्ममा एक शिशुमा देखिन्छ । यसमा अधिकांश शिशु बालिका बढी छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस