एशियन लाईफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंक्यासुरेन्स सम्झौता

काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच बैंक्यासुरेन्स सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बैंकका शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ ।

अब एशियन लाईफका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग कैलाश विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, नाघ्यो १ लाख ४१ हजार

काठमाडौं । नेपाली बजार आज (सोमबार)पनि सुनचाँदीको भाउले नयाँ रेकर्ड राखेको छ । आइतबार प्रतितोला …

प्रतिकृया दिनुहॊस