नेपाल इन्भेष्टमेण्ट बैंक र आइएफसीबीच कर्जा सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि. र विश्व बैंक समूहअन्तर्गतको ईन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बीच कर्जा सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र आइएफसीकातर्फबाट आवाशीय प्रतिनिधी एमरेहान रशिदले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि नेपाल इन्भेष्टमेण्ट बैंकले आइएफसीसँग कर्जा लिन पाउने छ । अन्तराष्ट्रिय कम्पनीसँग कर्जा लिन नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने प्रावधान छ ।

सम्झौतापछि देशमा अहिले देखिएको आर्थिक तरलता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । आइएफसीबाट प्राप्तकर्जालाई राष्ट्र बैंकले तोके अनुसारको क्षेत्रमा उपलव्ध गराउने छ ।

यस अघि नेपाल इन्भेष्टमेण्ट बैंक र आइएफसीबीच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ । व्यापार तथा वित्त क्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गर्न दुबै पक्ष सहमत भएका थिए ।

प्राप्त रकम नेपालीे साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, नाघ्यो १ लाख ४१ हजार

काठमाडौं । नेपाली बजार आज (सोमबार)पनि सुनचाँदीको भाउले नयाँ रेकर्ड राखेको छ । आइतबार प्रतितोला …

प्रतिकृया दिनुहॊस