सिद्धार्थ बैंकको एकैपटक ६ नयाँ शाखा

काठमाडौं । सिद्धार्थ बैंकले एकैसाथ ६ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कैलालीको अत्तरीया, बाँकेको खजुरा, दाङ्गको लमही, बाराको देवताल, चितवनको भरतपुर र कास्कीको लेखनाथमा गरी एकैपटक ६ वटा शाखा सञ्चालनमा ल्याएको हो ।  यी शाखाहरुको सञ्चालन सँगै स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्धि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री