काठमाडौं । गण्डकी विकास बैंक र युनियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र युनियन लाइफका सीईओ मनोजकुमार लाल कर्णले हस्ताक्षर गरे ।
सम्झौता पश्चात युनियन लाइफले जारी गर्ने विभिन्न जीवन बिमा योजनाहरु गण्डकी विकासको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् ।
तपाईंको प्रतिकृया




