काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं बाषिर्कोत्सवको अवसर पारेर बैंकका विभिन्न विभाग तथा शाखाहरुबीच फुटसल प्रतियोगिता आयोजना गरेको छ ।
उक्त प्रतियोगितामा २ वटा महिला टिम लगायत १८ वटा टिमहरुको सहभागिता भएको थियो ।खेलको नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले बल हस्तान्तरण गरि शुभारम्भ गरे ।
फुटसल प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई नबिल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष पौड्यालले मेडल सहित पुरस्कारहरु वितरण गरे । प्रतियोगितामा उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाईंको प्रतिकृया




