जापानमा गर्मीका कारण ६५ जनाको मृत्यु , प्राकृतिक विपत्तिको घोषणा

टोकियो । जापानमा अत्यधिक गर्मीका कारण ६५ जनाको मृत्यु भएपछि मौसम एजेन्सीले देशभरी चलेको तातो हावाको आँधीलाई आपतकालको घोषणा गरिएको छ । गत हप्तादेखि लगातार बढिरहेको गर्मीको कारण जापानमा पहिलो पटक तापक्रम ४१.१ डिग्री सेल्सियस पुगेको छ ।

टोकियो नजिक रहेको साइतामा स्थित कुमागयामा सोमबार दिउँसो तापक्रम ४१.१ डिग्री सेल्सियस पुगेको हो । गर्मीका कारण पछिल्लो २ हप्तामा जापानभरमा ६५ जनाको मृत्यु भएको र ३० हजारभन्दा बढि उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री