बिराटनगरको भारतीय ‘क्याम्पअफिस ’ आजदेखि बन्द

काठमाडौं ।  बिराटनगरमा भारतले एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको ‘क्याम्प अफिस’ आजदेखि बन्द गरेको छ ।

भारतले १० वर्षअघि नेपाल सो कार्यालय स्थापना गरेको थियो । नेपल सरकारले पटक पटक कार्यलय हटाउन आग्रह गरेको थियो ।

काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरेर अगस्ट १ देखि बिराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने स्पष्ट गरेको छ ।

सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले क्याम्प अफिस खडा गरेको थियो । सो समयमा कोशी पुल प्रयोग गर्न नसक्ने भएपछि सुनसरीमा अस्थायी क्याम्प खडा गरिएको थियो । नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिटका लागि उक्त कार्यालय खोलिएको थियो । तर कोशी पुल सुचारु भएको एक दशक बित्न लाग्दा पनि भारतीय कार्यालय बन्द भएको थिएन ।

नेपालमा एमाले र माओवादी मिलेर शक्तिशाली सरकार बनेपछि भारत आफ्नो फिल्ड अफिस हटाउन तयार भएको थियो ।  यस अघि भारतीय विदेश मन्त्रालयले जेठ ८ गते विराटनगरमा रहेको एउटा विवादित अफिस बन्द हुने जनाएका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपाल सरकारलाई यसबारेमा जानकारी दिएको बताएका थिए ।

भारतीय प्रधामन्त्री मोदीले २८ र २९ वैशाखमा नेपालको भ्रमण गरिसकेपछि फिल्ड कार्यालयको उद्देश्य पूरा भइसकेकाले हटाउन निर्देशन दिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप