मालपोत पर्साका सुचना अधिकारीद्धारा पत्रकार मिश्रा सँग दुव्र्यवहार

वीरगञ्ज । मालपोत कार्यालय विरगञ्जका सुचना अधिकारी कमोद तिवारी तथा उनका आसेपासे लेखनदास लगायतकाहरुले सुचना माग गरेकोमा बीरगंजबाट प्रकाशन हुने स्थनिय सिहं दैनिक पत्रिकाका सह सम्पादक निरञ्जन मिश्र सँग अभद्र व्यवहार गरेका छन् ।

२०७५र४र६ गते जिल्ला मालपोत कार्यालय पर्साबाट लिखित सुचना कार्यालयका सुचना अधिकारी कमोद तिवारीसँग माग गर्दा निजले दिनहु आलटाल गर्दै आएका तिवारीले आज आफ्ना आसेपासे लेखनदास शम्भु मिश्रा लगायतका हरुलाई बोलाई धाक धम्की दिनुका साथै अभद्र व्यवहार गरेका हुन् ।

जिल्ला मालपोत कार्यालय पर्सामा विगतका दिनहरु देखि नै हुँदै आएका राजश्व चुहावट लगायतका अन्य सम्पुर्ण भ्रष्ट गतिविधीमा लेखनदास मिश्रा र मालपोत पर्साकै उच्च ओहदाको कर्मचारी तथा निज मिश्राका भाई समेत संलग्न रहेका छन् ।
सुचना दिइए आफुहरुको पोल खुल्ने त्रासले तिनिहरु यस्तो अभद्र व्यवहार गरेको सर्वसाधारणको बुझाई रहेको छ भने यस प्रकार गरिएको दुव्र्यवहारको कडा प्रतिरोध गर्ने स्थानिय सञ्चारकर्मीहरुले बताएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहॊस