पूर्वसांसद जोशीको निधन

काठमाडौं । कांग्रेस नेता एवं पूर्वसांसद् कृष्णकुमार जोशीको निधन भएको छ । बैतडीको मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको ७३ वर्षको उमेरमा मंगलबार काठमाडौंमा निधन भएको नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए।

२०३४ सालमा कांग्रेस बैतडीको सभापति भएका जोशी ०४४ मा पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ०४८ को प्रतिनिधिसभा निर्वाचनमा उनी बैतडी क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए  । स्व. जोशीका  २ छोरा र ३ छोरी छन् । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नाबालिकालाई यौन कार्यमा लगाउने दुई महिला पक्राउ

काठमाडौं । आर्थिक लाभ लिएर नाबालिकालाई यौन कार्यमा लगाएको आरोपमा दुई महिला पक्राउ परेका छन् …

प्रतिकृया दिनुहॊस