स्मार्ट सिटीबारे छलफलसहित KCC exhibit 2018 सम्पन्न

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधिमा अग्रणी कलेज यस कान्तिपुर सिटी कलेज (केसीसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर)को आयोजनामा KCC exhibit 2018  सम्पन्न भएको छ ।

नवीनता, एकीकृतता र दीगोपन मूल नारा रहेको उक्त प्रदर्शनीमा स्मार्ट शहरबारे “दीगो विकासका लागि स्मार्ट सिटी” शीर्षकको एक गोष्ठीबीच छलफल गरिएको थियो ।
प्रदर्शनीमा इको–स्मार्ट सिटीको नमूना, अटोमेटिक स्मार्ट ट्राफिक लाइट लगायत सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका ४५ वटा नवीन प्रदर्शनीहरू राखिएका थिए । उक्त प्रदर्शनीको समुद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. घनश्यामलाल दासले गर्नुभएको थियो ।
KCC exhibit 2018   मा विभिन्न कलेज तथा स्कुलका विद्यार्थीहरू, प्राचार्यहरू, शिक्षक र प्रतिनिधिहरूका साथै औद्योगिक क्षेत्र, सरकारी निकाय, संघसंस्था, विज्ञ तथा अन्तर्राष्ट्रिय दर्शकहरूको समेत उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैङ्क प्रा.लि.को प्रमुख प्रायोजन रहेको KCC exhibit 2018 मा नियोस्फेर, अग्नि मोटो प्रा.लि., वल्र्ड लिङ्क (इन्टरनेट सहकार्य), चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट, आइटी ट्रेनिङ प्रा.लि., आरआर श्री प्रविधि स्कुल, क्यान फेडेरेशन, नेपाल सरकारअन्तर्गतका सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरणको सहयोग रहेको थियो । कार्यक्रममा गायिका आस्था राउत र हास्य कलाकार जितु नेपालको पनि प्रस्तुति रहको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री