news

करेन्ट लागेर एकको मृत्यु

इलाम।इलामको सूर्योदय नगरपालिका-६ मा करेन्ट लागेर १जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ बर्षीय राम चन्द्र सुवेदी  छन् । घरमै बिजुलीको तार जोड्ने क्रममा  सुवेदीलाई  अचानक करेन्ट लाग्दा  गम्भीर घाईते भएका थिए । घाईते सुवेदीको उपचारको क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कांग्रेसका जिल्ला सभापतिहरुको भेला ककनीमा

नुवाकोट । नेपाली कांग्रेसका जिल्ला सभापतिहरु बुधबारदेखि नुवाकोटको ककनीमा भेला भएका छन्। ६४ वटा जिल्ला सभापति उपस्थित भेलामा जिल्ला सभापतिहरूले पार्टीको विधानबारे सामूहिक धारणा सार्वजनिक गर्दै छन्। विधानका विषयमा पार्टीभित्र रहेको फरक मत र समितिले संकलन गरेको सुझाव प्रतिवेदनका बारेमा छलफल गरेर एउटै निष्कर्ष निकाल्ने तयारी भेलाले गरेको छ । सभापतिहरुको भेलाले निकालेको सुझाव पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने तयारीसमेत भएको छ ।  

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा सुर्खेतको मेहलकुनामा बीमा जागरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा सुर्खेतको मेहलकुनामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । साे कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । व्यापक स्थानीय जनसमुदायको सहभागीता रहेको साे कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवनबीमाको महत्ववारे जानकारी गराएका थिए । 

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्कुल ब्याग, पोसाक तथा सरसफाइका सामान वितरण

काठमाडाैं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको चन्द्रौटा शाखा कार्यालयले खुरखुरीया कपिलवस्तु स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग, स्कुल पोसाक तथा सरसफाइका सामान वितरण गरेको छ । बैंकले सरसफाइसम्बन्धी सामानहरु कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत कुल १५० विद्यार्थीहरुलाई वितरण गरेको थियो भने स्कुल ब्याग कक्षा १ देखि कक्षा ५ मा अध्ययनरत …

पुरा पढ्नुहॊस »

दैलेख जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुग्याे

सुर्खेत  । दैलेख जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुगेको छ । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका-३ बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना  भएको थियो । दुर्घटनामा ठाँटीकाँध गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रबहादुर शाही ३० वर्षीय निर्मल वम, ठाँटीकाँध–२ का ३० वर्षीय रमेश शाही, ४६ वर्षीया रत्ना शाही र ठाँटीकाँध–४ का दिलिप शाहीको मृत्यु भएको छ। राजेन्द्र र निर्मलाको घटनास्थलमै र बाँकीको उपचारका लागि सुर्खेत ल्याउने क्रममा …

पुरा पढ्नुहॊस »

रिलायन्स इन्स्योरेन्सको शाखा नुवाकोटकाे बट्टारमा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नुवाकोटकाे बट्टार बजारमा औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।उक्त शाखा नुवाकोट उद्याेग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गरे । रु दुई अर्ब १० करोड चुक्ता पूँजी रहेको इन्स्योरेन्सका हाल ४० शाखा स्थापना भएका छन् ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्बन्धि बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राथी र सानिमा जनरल इन्स्योरेन्सको तर्फबाट नायव महाप्रवन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार इन्स्योरेन्सले आफ्नो थप सेवाहरु  एनआईसी एशिया बैंककोे विभिन्न शाखा मार्फत प्रदान गर्ने छ ।      

पुरा पढ्नुहॊस »

सिभिल बैंक आठौं वर्षमा

काठमाडाैं । सिभिल बैंकले  आठौं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम गरेको छ । बैंकले  वृक्षारोपण, रक्तदान तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान  गरी  वार्षिकोत्सव मनाएको छ। बैंकले आर्थिक वर्षको प्रथम चौमासमा (एनएफआरएस अनुसार) १८ करोड ५० लाख कमाएको छ । यो पहिलो वर्षको सोही अवधिको तुलनामा ६३ दशमलव ९९ प्रतिशत वृद्धि हो । त्यस्तै बैंकको कुल शाखा संख्या ७० वटा रहेको छ ।  

पुरा पढ्नुहॊस »

विषालु च्याउ सेवनबाट एकको मृत्यु

ओखलढुंगा। ओखलढुंगामा  विषालु च्याउ खाँदा खिजीदेम्वा गाउँपालिका ८ का ग्यालु शेर्पाकी ४ वर्षीया छोरी निमायाङ्जी शेर्पाको मृत्यु भएको छ। भने चार जना बिरामी परेका छन् । घरमा सुकाएर राखेको च्याउ पोलेर खाँदा बिरामी परेकी बालिकाको सोमबार साँझ ज्यान गएको प्रहरीले जनाएको छ। त्यस्तै च्याउ सेवनका कारण अन्य २८ वर्षीय ग्यालु शेर्पा, उनका श्रीमती ३० वर्षीया लकी शेर्पा, छोरा ७ वर्षीय पासाङ शेर्पा र दाजुको छोरी पर्ने ७ वर्षीय पशी शेर्पा बिरामी परेका …

पुरा पढ्नुहॊस »

जनता बैंकको शाखा ताप्लेजुङमा

काठमाडौं । जनता बैंकले ताप्लेजुङको फक्त्ताङलुङमा नयाँ शाखा स्थापना गरेको छ । ताप्लेजुङको फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकमा संचालनमा ल्याइएको यो शाखा बैंकको १२७ औं शाखा हो । भौगोलिक हिसावमा ताप्लेजुङकै सबैभन्दा ठूलो र बिकट यस क्षेत्रका व्यापारी, उद्यमी र सर्बसाधारण तथा सरकारी निकाय समेत यस शाखामार्फत वित्तीय संजालमा जोडिन सफल हुनेछन् । ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा …

पुरा पढ्नुहॊस »
This will auto close after