दैलेख जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुग्याे

सुर्खेत  । दैलेख जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुगेको छ । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका-३ बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना  भएको थियो ।

दुर्घटनामा ठाँटीकाँध गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रबहादुर शाही ३० वर्षीय निर्मल वम, ठाँटीकाँध–२ का ३० वर्षीय रमेश शाही, ४६ वर्षीया रत्ना शाही र ठाँटीकाँध–४ का दिलिप शाहीको मृत्यु भएको छ।

राजेन्द्र र निर्मलाको घटनास्थलमै र बाँकीको उपचारका लागि सुर्खेत ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप