उपत्यकामा ९२ सहित थप ३८० जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार आइतबार थपिएकामध्ये काठमाडौं उपत्यकामा ९२ जना छन् । काठमाडौंमा ९० र ललितपुरमा २ जना गरी ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४० जना डिस्‍चार्ज भएसँगै हालसम्म १६ हजार ३ सय ५३ जना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा आइतबारसम्म कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस