काठमाडौं । कोरोना संक्रमणबाट मेडिसिटीमा अस्पतालमा उपचाररत १ जनाको मृत्यु भएको छ ।
कीर्तिपुर ट्याङ्लाफाँट निवासी ६४ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
उनको सोमबार बिहान ६ बजे मृत्यु भएको हो । ती पुरूषलाई गत साउन १५ गते मेडिसिटीमा भर्ना गरिएको थियो। त्यसपछि उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो। मृतक मधुमेहको रोगबाट पिडित थिए ।
प्रतिकृया दिनुहॊस