Tag Archives: mainnews

‘प्रचण्ड’ दक्षिणपन्थीका प्रतिनिधि हुन्: बादल

चितवन। नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणपन्थीका प्रतिनिधि भएको आरोप लगाएका छन्। परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा मुख्य दक्षिणपन्थीका प्रतिनिधि भएको र उनलाई सहयोग गर्न अर्का दक्षिणपन्थी प्रतिनिधि प्रचण्ड र माधव नेपालले साथ दिएको उनले आरोप लगाए। एमालेले विधान अधिवेशनबाट नै माधव नेपालको भन्डाफोर गरिसकेकाले अबको १०औं महाधिवेशनले प्रचण्डको भन्डाफोर गर्ने उनले बताए। दक्षिणपन्थीको भन्डाफोर गर्ने अभियान नारायणी नदी …

पुरा पढ्नुहॊस »

सोमबार थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमबारथप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार  ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थप ९ जनाको मृत्यु भएको छ भने  ४९० संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् । आज ११ हजार ६६४  जनाको नमुना परीक्षण गरिएको थियो ।  

पुरा पढ्नुहॊस »

माल्दिभ्सबाट दुई लाख मात्रा खोप नेपाल आइपुग्यो

काठमाडौं  ।माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ। माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ। उनले खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताए। नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा …

पुरा पढ्नुहॊस »

भाइटीकाको शुभ साइत २० कात्तिक बिहान ११:०२ बजे

काठमाडौं  । यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले कात्तिक २० गते बिहान ११:०२  बजेका लागि भाइटीकाको शुभ साइत निर्क्योल गरेको हो। ‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११:०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले भने बुधबारबाट यमपञ्चक सुरु हुँदैछ। तर, भाइटीकाको साइतमात्र सार्वजनिक गरिएको हो।

पुरा पढ्नुहॊस »

अनुदान लिने/नलिने नेपालको हातमा : एमसीसी

काठमाडाैँ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नगरी संसद् अधिवेशन अन्त्य गरिएको भन्दै एमसीसी मुख्यालयले निराशा व्यक्त गरेको छ । अधिवेशन अन्त्य भएको कात्तिक १२ गते नै अमेरिकाको वासिङ्टन डिसीस्थित मुख्यालयले यो विषयमा विज्ञप्ति जारी गरी प्रतिक्रिया जनाएको हो । एमसीसी अनुमोदन नै नगरी अधिवेशन अन्त्य हुनुले नेपालका दसौँ लाख घरपरिवारले एमसीसीबाट पाउने सुविधामा थप ढिलाइ हुन पुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पुरा पढ्नुहॊस »

प्रदेश १ : मुख्यमन्त्री पदको छिनोफानो आज

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतको प्रस्तावमाथि आज छलफल हुँदै छ । त्यसका लागि मध्यान्ह १२:३० बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । एमालेका १० जना प्रदेश सांसद् नेकपा (एस)मा लागेपछि एकल बहुमतमा रहेको एमाले विभाजित भई मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन् । उनले विश्वासको मत जुटाउने सम्भावना कमजोर छ । यसअघिकै बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव टेबल भइसकेको छ । प्रदेश सभा सचिवालयले …

पुरा पढ्नुहॊस »

सम्मानजनक बहिर्गमनका लागि प्रधानन्यायाधीश तयार !

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सम्मानजनक निकासको प्रस्ताव अघि सारेका छन् । आन्दोलनरत न्यायाधीशसँगको वार्तामा उनले सम्मानजनक बहिर्गमनको प्रस्ताव अघि सारेका हुन् । आइतबार सर्वोच्चका आन्दोलनरत न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीशसँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको थियो ।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवा आज कोप–२६ सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुने

प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइपुगेका छन्। स्थानीय समय अनुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन्। भ्रमणका दौरान उनले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। …

पुरा पढ्नुहॊस »

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । अहिले पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।

पुरा पढ्नुहॊस »

यू-२३ फुटबल: लेबनानसँग ४-० गोलले पराजित हुँदै नेपाल घर फर्कियाे

एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा नेपाल जीत विहीन र गोल विहीन बनेको छ। प्रतियोगिताको तेस्रो तथा अन्तिम खेलमा लेबनानसँग ४-० गोल अन्तरले पराजित भएको हो। ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा पहिलो हाफमा १ गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप ३ गोल बेहोरेको थियो। लेबनानलाई जीत दिलाउन जेइन फरानले दुई गोल गरे। मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे। यस जीतसँगै लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। तर, लेबनान …

पुरा पढ्नुहॊस »