यू-२३ फुटबल: लेबनानसँग ४-० गोलले पराजित हुँदै नेपाल घर फर्कियाे

एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा नेपाल जीत विहीन र गोल विहीन बनेको छ। प्रतियोगिताको तेस्रो तथा अन्तिम खेलमा लेबनानसँग ४-० गोल अन्तरले पराजित भएको हो।

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा पहिलो हाफमा १ गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप ३ गोल बेहोरेको थियो।

लेबनानलाई जीत दिलाउन जेइन फरानले दुई गोल गरे। मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे। यस जीतसँगै लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। तर, लेबनान अर्को चरणमा भने पुग्न सकेन।

नेपाल जीत विहीन रहँदै घर फर्किएको छ। समूह ‘बी’ को नेपालले अंक जोड्न सकेन।

नेपाल पहिलो खेलमा इरानसँग ४-० र दोस्रो खेलमा ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो। नेपाल समूहको पुछारमा रह्यो। लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो।

छनोटको समूह ‘बी’ मा इराक र ताजकिस्तान विजेताको दौडमा रहेका छन्। इरान र ताजकिस्तानको समान २ खेलबाट ६ अंक रहेको छ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

दीपेन्द्र टी-२० वरीयताकाे टप १० मा

काठमाडौं – नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष …

प्रतिकृया दिनुहॊस