Tag Archives: mainnews

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले आज बुधबार विश्वासको मत लिँदैछन्। राईले मंगलबार विश्वासकाे मत लिने भनिए पनि प्रमुख प्रतिपक्षी एमालेका सांसद अनुपस्थित भएपछि प्रदेशसभा बैठक स्थगित भएकाे थियाे। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावले देखाउदै सांसद आउन नसक्ने भनेर एमालेका सांसदले मंगलबारकाे बैठक रोक्न माग गर्दै निवेदन दिएका थिए।

पुरा पढ्नुहॊस »

तथ्याङ्क सङ्कलन कार्यलाई प्रभावित नपार्न केन्द्रीय तथ्याङ्क विभागकाे आग्रह

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को मुख्य गणना कार्यअन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्यलाई प्रभाव नपार्न र कार्यरत कर्मचारीबाट भइरहेको निष्पक्ष कार्यलाई दुरुत्साहित नगर्न आग्रह गरेको छ। विभागले मंगलबार विज्ञप्ति जारी गरी कर्मचारीको जिउज्यानमा खतरा हुने कुनै पनि किसिमको विचार तथा वक्तव्य दिने कार्यले आपसी द्वन्द्व बढाउने र जनगणना कार्यमा प्रतिकूल प्रभाव पर्ने हुँदा राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ को पूर्णपालना गर्नुहुन सम्बन्धित सबैमा आग्रह गरेको हो। कात्तिक २५ बाट सुरु …

पुरा पढ्नुहॊस »

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल भ्रमणमा आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन्। दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु आज बुधबार साँझ काठमाडौं पुग्दैछन्। नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ। अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) कार्यान्वयन अघि बढ्न नसकेका बेला उनी नेपाल आउन लागेका हुन्। सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी नेपालको संसदबाट अनुमोदन नहुँदा कार्यान्वयन अघि बढेको छैन ।

पुरा पढ्नुहॊस »

आजको मौसम: हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। बुधबार दिउँसो: प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा …

पुरा पढ्नुहॊस »

नेपाल बारद्वारा प्रधानन्यायाधीशविरूद्ध आन्दोलनका कार्यक्रम थप

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आन्दोलनको कार्यक्रम थप गरेको छ। मंगलबार साँझ बसेको नेपाल बार एसोसियसनको कार्यसमितिको बैठकले आगामी शुक्रबारसम्मलाई आन्दोलनको कार्यक्रम थप गरेको हो। आगामी आन्दोलनमा सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देशभरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। मंसिर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको राजीनामा नआए केन्द्रिय प्रतिनिधि पठाएर उच्चअदालतहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। …

पुरा पढ्नुहॊस »

सत्ता गठबन्धन दलले राष्ट्रिय सभा र उपनिर्वाचनमा सहकार्य गर्ने

पाँच दलीय राजनीतिक गठबन्धनले राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको आसन्न उपनिर्वाचनमा सहकार्य गर्ने भएको छ। गठबन्धनमा आबद्ध शीर्ष नेताहरूले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा राजनीतिक सहकार्य हुने बताएका हुन्। जारी विज्ञप्तिमा गठबन्धनको सरकार बनिसकेपछि मुलुक राजनीतिक लिकमा फर्किएको समेत दाबी गरिएको छ। ‘राष्ट्रियता, लोकतन्त्र संवर्द्धन, संविधानको रक्षा र सुशासनको प्रवर्द्धनलाई वर्तमान गठबन्धन सरकारले मूल मन्त्र बनाएको छ’, विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी …

पुरा पढ्नुहॊस »

रेमिट्यान्स ७.६ प्रतिशतले घट्याेः राष्ट्र बैंक

चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आयात ७.६ प्रतिशतले कमी आएको छ। श्रम गन्तव्य मुलुकमा कोरोनाको कहर सामान्य बन्दै गए पनि विप्रेषण आप्रवाह भने ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको तीन महिनासम्ममा रु दुई खर्ब ३९ अर्ब ३२ करोड बराबर मात्रै विप्रेषण आएको छ। दसैं, तिहारजस्ता चाडपर्वमा सामान्यतया विप्रेषण आप्रवाह बढ्ने गरेको पाइए पनि यसपटक भने घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः ३७७ जनामा संक्रमण पुष्टि, १७० जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा १७० जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५०५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४८२ पुगेको …

पुरा पढ्नुहॊस »

नेपाल बन्दका दिन पनि ६९ अंकले बढ्याे नेप्से

मंगलबार सेयर बजार परिसूचक नेप्से ६९.२२ अंकले बढेर २७८४.५८ अंकमा बन्द भएको छ। आज भएकाे नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकाे बन्दले बजारमा कुनै पनि असर देखिएकाे छैन। सुरुवाती समयदेखि नै उकालो लागेको नेप्से अन्तिम समयमा आएर करिब ७० अंकले बढेर बन्द भएको छ भने ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि बढेको छ। सेन्सेटिभ इन्डेक्स १४.९२ अंकले बढेर ५२१.४६ अंकमा बन्द भएको छ। आज बजारमा १ करोड ९३ हजार …

पुरा पढ्नुहॊस »

प्रदेश २ का मुख्यमन्त्री राउतले गरे वनमन्त्री रायलाई बर्खास्त

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश राय बर्खास्त भएका छन्। मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन्। नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन्।

पुरा पढ्नुहॊस »