आइतबार नेपाली सेयर बजारमा भारी गिरावट आएको छ। बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र मौद्रिक नीति समीक्षाप्रति लगानीकर्ताको असन्तुष्टिले बजार ओरालो लागेको हो।
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७२.३० अंकले घटेर २५१३.८८ अंकमा झरेको छ। यसदिन २२६ कम्पनीका ८९ लाख २० हजार कित्ता सेयर किनबेच भई ४ अर्व ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार नेप्सेसँगै सबै समूहगत परिसूचक पनि घटेका छन्। सबैभन्दा बढी फाइनान्स समूह ४.५४ प्रतिशतले घटेको छ। गत साताभरमा पनि नेप्से करिब डेढ सय अंकले घटेको थियो।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा तोकेको थियो। राष्ट्र बैंकको निर्देशन अनुसार एउटा बैंकबाट प्रति ऋणी चार करोड र सम्पूर्ण बैंकबाट कुल १२ करोड रुपैयाँसम्म मात्र ऋण लिन पाउने व्यवस्था छ।
प्रतिकृया दिनुहॊस