लागू नहुँदै विदेशबाट आउनेले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित

काठमाडौँ । अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित गरेको छ । विभागले कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै शुक्रबार जारी गरेको नियम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरेको हो ।

शनिबार बिहान एक सूचना प्रकाशित गर्दै विभागले शुक्रबार प्रकाशित यात्रा प्रतिबन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो । विभागले यसअघि लागू नियम भने यथावत् रहने भनेको छ ।

पुरानो नियम यस्तो छ :-

यसअघि शुक्रबार साँझ विभागले विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया, थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रि-मनसुनकै प्रभाव, काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गए रातिदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ …

प्रतिकृया दिनुहॊस