Tag Archives: mainnews

उम्मेदवार टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक

काठमाडाैँ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने बताइएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । सोही समय सीमालाई मध्यनजर गर्दै बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पुरा पढ्नुहॊस »

बजेट निर्माणलाई तीव्रता दिंदै अर्थ मन्त्रालय, १५ मन्त्रालयसँग छलफलको कार्यसूची

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/ ८० को बजेट निर्माणलाई तीव्रता दिएको छ । आगामी १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले आजदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका तय गरेको छ । यही वैशाख १३ सम्मका लागि बनाइएको कार्यतालिकाको बिहीबारदेखि कार्यान्वयन शुरु गरिएको छ । बिहान ९ बजे सहरी विकास मन्त्रालय, दिउँसो १ बजे खानेपानी मन्त्रालय र दिउँसो ४ बजे …

पुरा पढ्नुहॊस »

दुई वर्षपछि आजबाट भौतिक रूपमा एसइई

काठमाडाैँ । यस वर्ष मूल्यांकनको आधार परिवर्तन भएको छ । विद्यार्थीको ग्रेडिङमा मूल्यांकनका लागि न्यूनतम ३५ अंक ल्याउनुपर्नेछ । यसअघि ३० अंक ल्याउनेको ग्रेड डी प्लस हुने र माथिल्लो कक्षामा अध्ययनका लागि अधिकांश विषयमा अवसर हुन्थ्यो । तर, यो वर्षदेखि ३५ अंकभन्दा कम आउनेको ग्रेडिङ नै नहुने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार ३५ अंकलाई डी ग्रेड मानिएको छ ।

पुरा पढ्नुहॊस »

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने

पाँच दलीय सत्ता गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सातै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो । चुनावीसभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरि ६ जना शीर्ष नेताले सम्बोधन गर्ने संयन्त्रका सदस्य–सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए। बैठकले सात …

पुरा पढ्नुहॊस »

स्थानीय निर्वाचनका लागि एक करोड १९ लाख मतपत्र छापिए

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ। आयोगले आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । ‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्रको छपाइ सकिएको छ। बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी छ,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो २ बजे बस्ने भएको छ। बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाइएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ। बैठकमा स्थानीय तह निर्वाचन र उम्मेदवारी सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।    

पुरा पढ्नुहॊस »

आज १५ जनामा संक्रमण पुष्टि, ३२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५४७ नमुना परीक्षण गर्दा १५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ३२ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २९८ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३५ हजार ७२८ रहेको छ।

पुरा पढ्नुहॊस »

कांग्रेसबाट काठमाडौं मेयरका लागि पाँच जनाको नाम सिफारिस (काे काे परे)

नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ। महानगर समितिले कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहसहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैद्य, प्रगतिमान रञ्जितको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको हो। सत्ता गठबन्धनमा काठमाडौं महानगरको मेयर कांग्रेसलाई र उपमेयर एकीकृत समाजवादीले पाउने सहमति भएको छ। तर, कांग्रेसले उपप्रमुखमा सुशीला ढकाल र प्रा.डा. अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ। समितिले एक नम्बरमा …

पुरा पढ्नुहॊस »

नेप्सेमा ४ दशमलव ९४ अंकको सुधार

साताको अन्तिम दिन बिहीबार (आज) शेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ। बुधबार ३६ दशमलव ७३ अंकले घटेको बजार आज ४ दशमलव ९४ अंकले बढेर २ हजार ३२५ दशमलव ४५ विन्दुमा पुगेको हो। बिहीबार २३१ वटा धितोपत्रको ३९ लाख ९१ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। बिहीबार १३ वटा समूहमध्ये …

पुरा पढ्नुहॊस »

जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण छिमेकी मुलुक भारतमा बढ्दै गएपछि नेपालमा पनि सङ्क्रमणको जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेकी हुन्। “कोभिड–१९ को सङ्क्रमण भारतलगायत छिमेकी राष्ट्रमा पछिल्लो केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायम नै रहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार …

पुरा पढ्नुहॊस »