निर्वाचन आयोगद्वारा प्रचण्डसँग स्पष्टीकरण माग

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

केही दिनअघि सत्ता गठबन्धनले भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा रेनु दाहाललाई निर्वाचित नगराए देश दुर्घटनामा पर्छ भनि दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको हो।

प्रचण्डले आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको पत्रमा उल्लेख गरिएको छ। आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

‘माओवादी केन्द्रका अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भन्यो भने देश दु्र्घटनामा पर्छ भन्नुको अन्तर्निहित मनशाय के हो?’ आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा भनिएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस