Tag Archives: mainnews

सम्पर्कविहीन तारा एयरको जहाजमा को-को थिए ? (नामसहित)

काठमाडौँ । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर जहाज सम्पर्कविहीन भएको छ । जहाजमा चालक दलका सदस्यसहित २२ जना सवार थिए । जहाज बिहान ९ बजेर ५५ मिनेटमा २ विदेशी, ४ भारतीय, १३ जना नेपाली ३ जना चालक दलका सदस्य थिए । जहाजमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यात्रुहरुमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक …

पुरा पढ्नुहॊस »

आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गरिँदै

काठमाडाैं । सरकारले आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्ने भएको छ । साँझ ६ बजे बस्ने संसदको दुवै सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेट पेश गर्नेछन् । संवैधानिक व्यवस्था अनुसार प्रत्येक जेठ १५ गते संसदमा नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने गरिएको छ । सोही व्यवस्था अनुरूप सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो । संसदको सम्भावित कार्यसूचीमा अर्थमन्त्री शर्माले बजेट टेबुल गर्ने कार्यसूची राखिएको संघीय …

पुरा पढ्नुहॊस »

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

काठमाडौँ । नेपालको अर्थतन्त्रको आकार बढ्ने देखिएको छ । चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने भएको हो । शनिबार प्रतिनिधिसभामा २०७८/७९ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस वर्ष कोभिडको महामारी कम भएको र उर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेकाले अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने बताए । गत आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ४.२५ प्रतिशत रहेको थियो ।

पुरा पढ्नुहॊस »

आज गणतन्त्र दिवस

काठमाडौँ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्परा अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र …

पुरा पढ्नुहॊस »

सरकारको नीति तथा कार्यक्रम पारित

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । राष्ट्रपति विद्या भण्डारीले गत जेठ १० गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सो नीति तथा कार्यक्रम प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा बहुमतले पारित भएको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेलगत्तै सांसदहरुको बहुमतले पारित गरेका हुन् । यसअघि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ, दुर्गा पौडेल र प्रेम …

पुरा पढ्नुहॊस »

वीरगञ्ज नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने

मधेश प्रदेशको एकमात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्न भएको छ। महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहकाे पहिलो निर्णय अनुसार मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने भएको हो । विद्युत् महसुलसम्बन्धी निर्णयलाई महानगरपालिकाको पहिलो बोर्ड बैठकबाट पारित गरि कार्यान्वयनमा ल्याउने नगरप्रमुख सिंहले बताए। यसैबीच सडक विभाग मातहतमा रहेको वीरगञ्जको घण्टाघरबाट …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचनमा ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

स्थानीय तहको निर्वाचनमा ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा ६ जना निर्वाचित भएका छन्। काठमाडौँ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भए । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र …

पुरा पढ्नुहॊस »

सरकारका नीति तथा कार्यक्रममाथि संसदमा छलफल, कसले के भने ?

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न जिल्लामा आमाबुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन नसकेको भन्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै अध्यक्ष यादवले नागरिकताको विषय सबैभन्दा गम्भीर रहेकाले अब कुनै पनि बाहानामा उनीहरुको समस्याको नजरअन्दाज गर्न नहुने उल्लेख गरे। सङ्घीय निजामती विधेयक तत्काल सङ्घीय संसदमा पारित गरेर …

पुरा पढ्नुहॊस »

सांसद गजेन्द्रबहादुर महतले सभामुखलाई ताला चाबी बुझाए

संसद् बैठकमा सामान्यतः सांसदले जनताका पीर मर्का र विकासका एजेन्डा लिएर सहभागी हुन्छन्। शनिबार भने एक सांसद ताला र चाबी लिएर पुगे । उनी हुन्– नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महत । जुम्ला–१ का सांसद महतले सभामुखलाई उक्त ताला र चाबी बुझाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति साङ्केतिक विरोध गर्दै उनले उक्त ताला र चाबी सभामुखलाई बुझाएका हुन्। त्यसक्रममा उनले भने, ‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन …

पुरा पढ्नुहॊस »

सभामुख सापकोटाद्वारा अर्थमन्त्री शर्मासँग बजेटबारे जानकारी

सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिएका छन् । शनिबार विहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन्। सो अवसरमा सभामुख सापकोटाले संघीय संसदको बजेटसँग जोडिएका विषयमा स्मरण गराए। उक्त अवसरमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, अर्थसचिव मधुकुमार मरासिनी लगायतको उपस्थिति रहेको थियो ।

पुरा पढ्नुहॊस »