कलेजको पाँचौं तलाबाट हाम हालेकी युवतीको मृत्यु

काठमाडौं । दोलखाको चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फाल्दा १९ वर्षिया युवतीको मृत्यु भएको छ । कलजेको पाँच तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी करुणा अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो ।

अधिकारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो । उनको उपचारको क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पोखरा घर भएकी अधिकारी कलेजमा पिसिएल नर्सिङको पहिलो वर्षमा अध्ययनरत थिइन् । उनी विदापछि पोखराबाट बुधबारमात्रै कलेज फर्किएकी थिइन् । प्रारम्भिक अनुसन्धानको क्रममा उनले केही समय यता डिप्रेशनको औषधि लिइरहेको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आठ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ । न्याय सेवा आयोगले आठ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले …

प्रतिकृया दिनुहॊस