५ सय र हजार दरका नोट प्रतिबन्ध गर्न सांसदको माग

काठमाडाैँ । राष्ट्रिय सभा सदस्य कमला पन्तले ५ सय र हजारका नोटलाई ब्याण्ड गर्नुपर्ने माग गरेकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

उनले अर्थतन्त्र उकास्न पाँच सय र हजारका नोटहरू प्रतिबन्ध लगाउनुपर्ने बताए । उनले सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्नसक्ने काममात्रै उल्लेख गर्न आग्रह गरिन् । उनले किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताइन् ।

‘बोरामा बाँधेका पैसालाई ५ सय र हजारका नोटलाई ब्याण्ड गरौँ,’ उनले भनिन्, ‘यदि हामीले समस्या बुझेका छौँ र सकिन्छ र हिम्मत छ भने यत्ति गर्नसके पलायन हुँदै गएको अर्थतन्त्रबाट बच्न सक्छौँ ।’ सदस्य पन्तले मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैङ्कले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्ने कुराको खोजी गर्नुपर्ने बताइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सजग रहन अनुरोध

काठमाडौं । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट हुनसक्ने क्षतिबाट जोगिन विभागले अनुरोध गरेको छ । विभागले भारी वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस