जहाजभित्र मुसा भेटिएपछि बुद्धले भन्यो- ब्यागेज राम्ररी प्याक गरेर ल्याउनू

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले जहाजमा मुसा भेटिएको पुष्टि गर्दै यात्रुहरूलाई आफ्नो सामाना राम्ररी प्याक गरेर ल्याउन भनेको छ । शनिबार जहाजमा मुसाको आतंकपछि बुद्ध एयरले यात्रुहरूलाई आफ्नो ब्यागेज र लगेजलाई राम्ररी प्याक तथा बन्द गरेर ल्याउन सुझाएको हो ।

शनिबार जनकपुरमा मुसा देखिएपछि रोकिएको जहाजको ट्रयापमा आज मुसा भेटिएको हो । मुसा भेटिएपछि जहाजलाई पूर्ण रूपमा चेकजाँच गरी २/३ घण्टासम्म रनअप लिएर सजगता अपनाइएको पनि एयरलाइन्सले जनाएको छ ।

बुद्ध एयरका अनुसार प्रशिक्षक चालक र प्राविधिक टोलीले उक्त जहाजलाइए काठमाडौं ल्याएको छ । थप निरिक्षण गरेर जहाजमार्फत दिउँसैबाट व्यवसायिक उडान थालिने एयरलाइन्सले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री