Tag Archives: mainnews

चन्द्रागिरिमा ३६ वर्षीया महिलाले आफैलाई जलाइन्, उपचारका क्रममा गयो ज्यान

काठमाडौँ । आफ्नै जिउँमा आगो लगाएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालका उपचारको क्रममा उनको बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो । प्यारालाइसिसले ग्रस्त श्रीमान् मोहनकुमारको रेखदेख गर्दै आएकी श्रीमती श्रेष्ठले शुक्रबार दिउँसो आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्। गोले जल्दै डेराबाट …

पुरा पढ्नुहॊस »

२०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने

काठमाडौं । सरकारले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने जानकारी दिएका हुन् । यसका साथै उनले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाउने समेत जानकारी दिए ।  

पुरा पढ्नुहॊस »

उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गर्ने बताएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उच्च ब्याजदर र तरलता सङ्कुचनलाई बजेटमार्फत सम्बोधन गर्ने उल्लेख गर्नुभएको हो । उहाँले अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलता सङ्कुचन, उच्च ब्याजदर, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजस्व परिचालन र बाह्य क्षेत्रको चापलाई सम्बोधन गर्ने बताउनुभयो । …

पुरा पढ्नुहॊस »

टीआरसी विधेयकमा सहमति जुटाउन उपसमिति, को-को छन् सदस्य ?

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले ११ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेशकुमार बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान, शेरबहादुर कुँवर रहेको समिति बनाइएको सभापति (ज्येष्ठ सदस्य) मंगलप्रसाद गुप्ताले बताए । उनका अनुसार समितिले बेपत्ता …

पुरा पढ्नुहॊस »

अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्नू : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र आकस्मिक शय्यामा भर्ना भएका र रिक्त श्ययाको सङ्ख्या वेबसाइटमा दैनिकरुपमा अध्यावधिक गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘ठूलो पदमा भएका वा पहुँच भएकाले तत्कालै सहजै शय्या पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था छ । काठमाडौँमा …

पुरा पढ्नुहॊस »

मन्त्रिपरिषदद्वारा आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम पारित

काठमाडौँ । मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ । बैठक ४ बजेका लागि बोलाइएको छ ।

पुरा पढ्नुहॊस »

सरकारको नीति कार्यक्रम वाचन गर्न राष्ट्रपति संसद् जाँदै, सडक अवरोध नगरिने

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आज संसदमा जान लागेका छन् । ४ बजे बोलाइएको संघीय संसदको संयुक्त बैठकमा उनले नीति कार्यक्रम वाचन गरेर सुनाउने कार्यक्रम छ । यसका लागि राष्ट्रपति संसद जाँदा बाटो भने अवरोध नगरिने बताइएको छ । सवारी साधन नरोकिने र सर्वासाधारणको आवागमनमा रोक नलगाइने भएको हो । यसअघि राष्ट्रपतिको सवारीमा जाँदा र फर्किँदा सर्वसाधारणलाई समेत …

पुरा पढ्नुहॊस »

देउखुरीमा बस जुध्दा एक जनाको मृत्यु, दर्जन बढी घाइते

काठमाडौँ । दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । देउखुरीमा बिहान दुई बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी रोल्पा रुन्टीगढी-७ निवासी ४३ वर्षीया शोभा परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा दर्जन भन्दा बढी घाइते हुन पुगेका छन् । लमहीबाट भालुवाङतर्फ आउँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट …

पुरा पढ्नुहॊस »

दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा चयन भएपछि सङ्घीय संसदमा उनको यो पहिलो …

पुरा पढ्नुहॊस »

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति कोशी प्रदेशको थोरै स्थान तथा बागमती र …

पुरा पढ्नुहॊस »