नक्कली शरणार्थी प्रकरण राष्ट्रद्रोह हो : महासचिव पोखरेल

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रद्रोह भएको बताएका छन् । प्रेस चौतारी दाङले बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पोखरेलले यस घटनामा राजनीतिक संरक्षण गर्न नहुने बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी खडा गरेर रकम असुली गर्ने जस्तो अपराधका दोषीलाई कुनै पनि हालतमा छुट दिन नहुने उनले बताए । ‘यो राष्ट्रद्रोह हो । राज्यविरुद्धको अपराध हो । राज्यको महत्वपूर्ण पदमा बसेर नीतिगत अनियमितता गर्ने काम सामान्य घटना होइन ।’

अडियो टेपलाई परीक्षण गरेर अनुसन्धानको दायरा फराकिलो बनाउनु पर्ने बताउँदै उनले कसैलाई पनि उन्मुक्ति दिन नहुने धारणा व्यक्त गरे । ‘अहिलेको जमानामा अडियो परीक्षण गर्न कुनै समस्या छैन । आर्थिक लेनदेनमा जोडिएका सबै घटनाको अनुसन्धान गरौं,’ उनले भने, ‘प्रहरीलाई अनुसन्धानमा सबैले सहयोग गरौं । यसमा कसैले पनि राजनीतिक संरक्षण या प्रतिशोध नसाधौं ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप