नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको कार्यालय पुग्दै प्रहरी प्रतिवेदन

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय बुझाउने तयारी गरिएको छ । प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिएको हो ।

पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले जानकारी दिए । यो प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पीडितको सङ्ख्या झन्डै ९ सयको हाराहारीमा रहेको र सङ्गठित गिरोहले एक अर्ब रुपियाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य गिरावट आएको छ । …

प्रतिकृया दिनुहॊस